नयाँ जनवादी गणतन्त्र स्थापना र पुष्पलालको क्रान्तिकारी विचारबारे

संयुक्त संघर्षः विचारको रक्षा र विकासमा जोड

कम्रेड पुष्पलालको ४१ औं स्मृति दिवस सफल पार्ने सन्दर्भमा ‘नयाँ जनवादी गणतन्त्र स्थापनाको लागि संयुक्त संघर्ष अघि बढाऔं ! क. पुष्पलालको क्रान्तिकारी विचारको रक्षा र विकास गरौं !!’ भन्ने नारा सहित नेकपा (माओवादी केन्द्र) र माक्र्सवादी तथा पुष्पलाल विचार मञ्चले राजधानीमा संयुक्त कार्यक्रम गर्यो । कार्यक्रममा पुष्पलालले गठन गरेको नेपाल कम्युनिस्ट पार्टीको मान्यतालाई आत्मसात गर्दै आएको उक्त विचार मञ्चले स्मृति दिवसमा पुष्पलालको योगदान र जनवादी गणतन्त्रको आन्दोलनबारे महत्वपूर्ण धारणाहरु पर्चा मार्फत सार्वजनिक गरेको थियो । उक्त पर्चामा पुष्पलालले बोकेको विचार र क्रान्तिकारी लाईनको विषयमा व्याख्या गरिएको छ । उक्त पर्चाको पूर्णपाठ यहाँ पाठकहरुको अध्ययनका लागि प्रस्तुत गरिएको छ–

नेपाल कम्युनिष्ट पार्टी

आदरणीय जन समूदाय !
नेपाल कम्युनिस्ट पार्टीका संथापक महासचिव कमरेड पुष्पलाल नेपाली राष्ट्रिय स्वाधिनताको रक्षा एवं उत्पीडित वर्ग तथा समुदायका जनताको मुक्ति, न्याय, समानता, समुन्नतिको निम्ति क्रान्तिकारी दृष्टिकापेण, विचार र सिद्धान्तको मार्गदर्शन गर्ने क्रान्तिकारी नेता हुनुहुन्थ्यो । उहाँ एक सिद्धान्तनिष्ठ माक्र्सवादी चिन्तक तथा नेता एवं अथक अग्रज योद्धा हुनुहुन्थ्यो भन्ने कुरा उहाँको राजनीतिक जीवन–यात्रा र संघर्षमय इतिहासले सिद्ध गरिसकेको छ । नेपाल कम्युनिष्ट पार्टी क. पुष्पलालका विचार र आदर्शलाई ढृणतापूर्वक अनुशरण गर्ने प्रण गर्दछ ।

माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोणका आधारमा समाजलाई हेर्ने, ब्याख्या गर्ने र फेर्ने विश्वव्यापी आन्दोलनको अभिन्न अंगको रुपमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको अगुवाई गर्नुभयो । उहाँले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारका आधारमा नयाँ जनवाद–वैज्ञानिक समाजवाद र साम्यवादी समाज निर्माणको निमित नेपाली क्रान्तिको वैचारिक अवधारणा किटान गर्नु भयो । संयुक्त जनसंघर्ष र दीर्घकालीन किसान क्रान्तिका दुई महत्वपूर्ण कार्यदिशा प्रतिपादन गर्नुभयो । यसको निम्ति उहाँले ‘तीन स’ अर्थात संघर्ष, संगठन र सिद्धान्तको महत्वपूर्ण दिशानिर्देश गर्नुभयो । यसका लागि संयुक्त मोर्चा, वामपन्थी एकता क्रान्तिकारी कम्युनिस्ट एकताको अवधारणा अघि सार्नुभयो ।

देशको कम्युनिस्ट आन्दोलनमा आजको सिद्धान्तहीनता र अवसरवाद प्रभावी बनेको छ । आफुलाई कम्युनिस्ट भन्ने कतिपय पार्टीहरु संसदवादमा पतन भएका छन । तिनीहरु नयाँजनवादी क्रानितका कार्यभार पुरा भयो भन्ने जस्ता अनर्गल प्रचारहरु गरिरहेका छन् र वर्गीय शोषण र सामाजिक अत्पीडनबाट मुक्तिको निम्ति क. पुष्पलालको मार्गदर्शनबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई विचलित गराउँने षड्यन्त्र गरिरहेका छन् । यसले गर्दा राष्ट्रिय स्वाधिनता र उत्पीडित वर्ग तथा समुदायको मुक्ति आन्दोलनमा भ्रम सिर्जना भएको छ । बिसर्जनवादका भ्रमहरुबाट मुक्ति गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई क. पुष्पलालको मार्ग निर्देशन अनुसार अघि बढाउनु यतिबेला हरेक क्रान्तिकारीहरुको मुल कर्तव्य हो र यही नै आजको राष्ट्रिय आवश्यकता हो । त्यसको निम्ति नेपाल कम्युनिस्ट पार्टी ‘छरिएर रहेका सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध हुन, विसर्जनवादका षड्यन्त्रहरुलाई परास्त गर्न, नयाँ जनवादी गणतन्त्र स्थापनाको लागि संघर्ष अघि बढाउन र क. पुष्पलालको विचारको रक्षा र विकास गर्न आग्रह गर्दछ ।

कमरेड पुष्पलालका महत्वपूर्ण केही भनाईहरु…..

  • नेता प्रधान होइन, नीति प्रधान हुन्छ ।
  • राजनीति जालझेल होइन, वास्तविक वस्तुस्थितिका आधारमा वर्गिय विश्लेषणको निचोड हो ।
  • नेपालको वर्तमान सन्दर्भमा लाखौंलाख झोपडीको एकता राष्ट्रियता हो भने तिनै झोपडीहरुको हक, हित नै जनवाद हो ।
  • किसान वर्गको समस्या नेपालको राष्ट्रिय समस्या हो । यसको समाधान बिना राष्ट्रको समस्या हल हुन सक्दैन ।
  • पार्टी भनेको कुनै पनि वर्गको सबैभन्दा चेतनशील, लडाकु संगठित र अनुशासित दस्ता हो ।

कमरेड पुष्पलाल अमर रहुन् ! क्रान्तिकारी कम्युनिष्ट एकता जिन्दावाद !!
सम्पूर्ण शोषित पीडित जनसमुदाय एक होऔं ! नेकपा जिन्दावाद !!