दशैं अगावै संगठनको एकता प्रकृयाले पुर्णता पाउँछ–संयोजक ऐन महर (भिडियोसहित)

भावनात्मक एकतामा जोड

काठमाडौं । तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकतासँग विभिन्न संगठनहरुको एकता प्रकृया अघि बढेको भएपनि अधिकांश संगठनहरुको एकता प्रकृयाले पूर्णता पाउन सकेको छैन ।

पार्टी एकतापछि बनेको नेकपा (सत्ताँरुढ) ले विभिन्न जनवर्गिय संगठनको संयोजक र सह संयोजक तोकेर औपचारिक एकताको घोषणा गरेको भएपुन त्यसले पूर्णता पाउन नसकेको बेला अनेरास्वियुका संयोजक ऐन महरले भने विद्यार्थी संगठनको एकता प्रकृयाले दशैं अगावै पूर्णता पाउँने बताएका छन ।

हिजो हरपल नेपालसँगको संवादका क्रममा संयोजक महरले त्यस्तो बताएका हुन । उनले तत्कालिन अखिल (क्रान्तिकारी) र अनेरास्वियु बिचको एकता प्रकृयालाई पूर्णता दिने विषयमा आन्तरिक तयारी र छलफल चलिरहेको भन्दै दशैं अगावै सक्ने बताए ।

तत्कालिन दुई संगठनका नेताहरुबीच पछिल्लो चरणमा हार्दिक सम्बनध नभएको कारण संगठनको एकता प्रकृयामा ढिलाई भएको हो भन्ने जिज्ञासामा उनले त्यस्तो तिक्कता नभएको र आफुहरुबीच आन्तरिक रुपमा छलफल भैरहेको बताएका थिए ।

उनले दुबै संगठनका विद्यार्थी नेताहरुबीचको भावनात्मक, व्यवहारीक र राजनीतिक एकतामा जोड दिइएको बताए । उनले भने–‘हाम्रा बहुउद्देश्यहरु पुरा गर्नुछ, त्यसका लागि हामीले यान्त्रिक प्रकारको एकतामा होइन भावनात्म एकतामा जोड दिएका छौं ।’

उनले पदाधिकारी र संगठनको जिम्मेवारीमा आउने विद्यार्थी नेताहरुको मूल्याकङ्न योग्यता, क्षमता, राजनीतिक प्रतिबद्धता लागायतको विशिष्ट क्षमताको आधारमा हुने र सबै एकता प्रकृया सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले विद्यार्र्थी आन्दोलनको लक्ष्य पुरा गर्ने र शैक्षिक क्षेत्रका विकृति विसंगतिका विरुद्ध संघर्षका कार्यक्रमहरु सहित आफ्नो संगठन अग्रपंतिमा रहने दावी गरे ।

उनले शैक्षिक क्षेत्रका सबै प्रकारका समस्याको विषयमा आफ्नो संगठनले विकल्प सहित भूमिका खेल्ने बताए ।

उनले संगठनको एकता प्रकृयापछि सबै नेताहरुमा थप जोश, जाँगर र उत्साह बढ्ने विश्वास व्यक्त गरे । उनले भने–‘हाम्रो एकता प्रकृयाले पूर्णता पाएपछि शैक्षिक मुद्धामा केन्द्रीत हुन्छौं । सबै साथीहरुमा त्यसले उत्साह थप्नेछ ।’