दुई बर्षे बालकको पानीमा डुबेर मृत्यु

परिवारजन शोकमा

सिरहा । सिरहाको गोलबजार नगरपालिका २ मा बुधबार बर्षातका कारण जमेको पानीमा डुवेर एक जना बालकको मृत्यु भएको छ। बालकको मृत्युले उनका परिवारजन शोकमा परेका छन ।

प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका २ तेतरिया का सन्तोष साहका २ बर्शिय छोरा अङ्कित कुमार साहको मृत्यु भएको हो।

घर नजिक पानी जमेको खालडोमा डुबेर बालक घाइते भएको उपचारको क्रममा मेडिसिटि अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन।

उकत घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन। बर्षातका कारण मुलुकका धेरै स्थानहरु असुरक्षित बनेका छन ।