राजा विरेन्द्रलाई बम हान्ने श्रेष्ठलाई ‘साहसिक योद्धा’ घोषणा गर्न माग

स्मृतिमा सालिक निर्माण गर्न सुझाव

धनकुटा । आज धनकुटामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सामाजिक अगुवा रामकृष्ण श्रेष्ठलाई साहसिक योद्धाको रुपमा राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएका छन ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाद्धारा आयोजित अन्र्तक्रिया तथा प्रतिष्ठानको बैठकमा सहभागी वक्ताहरुले त्यस्तो बताएका हुन । उनीहरुले रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर आज पहिलो पटक बैठक बसेका हुन ।

उक्त बैठक तथा अन्र्तक्रियामा प्रजातन्त्रको लागी आफ्ना ज्यान बलिदान दिने श्रेष्ठ सवैको प्रेरणाको स्रोत र साहसिक योद्धा भएको वक्ताहरुले बताएका थिए । स्मृती प्रतिष्ठान धनकुटका अध्यक्ष इश्वर अकेलाको अध्यक्षतमा सम्पन्न भएको थियो ।

बैठक तथा अन्र्तक्रियामा प्रतिष्ठानका उपाध्यक्ष सत्य नारायण श्रेष्ठले रामकृष्ण श्रेष्ठले प्रजातन्त्रको लागी बलिदान दिई साहसिक कार्य गरेकाले उनको नाममा प्रतिष्ठान स्थापना गरीएको र उनले देखाएको बाटोबाट सबैले हिड्नुपर्नेमा जोड दिए ।

सो अवसरमा सचिव कृष्ण भागत श्रेष्ठ, कोषाध्यक्ष मुन्नी श्रेष्ठ र सदस्यहरु लक्ष्मी प्रसाद श्रेष्ठ, सिता दाहाल, रोशनराज अमात्य, सावित्रि श्रेष्ठ, भागत कृष्ण श्रेष्ठले लागयतले श्रेष्ठको सम्झनका लागी प्रतिष्ठानबाट उनको सालिक निर्माण गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु गर्नुपर्ने बताएका थिए ।

श्रेष्ठको योगदानका उच्च मुल्याकंन गर्दै साउन ६ गते स्मृती प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय धनकुटामा दर्ता गरिएको बताइएको छ ।

धनकुटा नगरपालिका वडा नं. ७ का श्रेष्ठले २०३० साल चैत्र ३० गते तत्कालिन राजा विरेन्द्र र उनका परिवार विराटनगरमा सवारी हुदा प्रजातन्त्रको लागी बम प्रहार गर्ने क्रममा घाईते भएका थिए । पछि उनको निधन भएको थियो ।