धनकुटामा ७ सय ८४ जना नयाँ उद्यमीहरु उत्पादन

२८ लाखा बढी राजश्वर संकलन

धनकुटा । घरेलु तथा सना उद्याग बिकास समिति धनकुटाको आर्थिक बर्ष २०६७५/०७६ को बार्षिक समिक्षा कार्यक्रममा जिल्लामा ७ सय ८४ जनालाई शिपमुलुक तालिम प्रदान गरी नयाँ उद्यमी उत्पादन गर्न सफल भएको जनाइएको छ ।

उक्त कार्यक्रममा आज घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख दिपक पौडेलले आर्थिक बर्ष २०६७५/०७६ को प्रगती प्रतिवेदन प्रस्तुत गर्दे त्यस्तो बताएका हुन ।

धनकुटा जिल्लामा २ हजार १ सय ९२ वटा उद्योगहरु र बाणिज्यतर्फ १ हजार १ सय ४९ वटा व्यावसाय दर्ता भएको समेत उनले जानकारी दिए ।

उनले नयाँ औद्योगिक नीति निर्माण गरी औद्योगिक विकासको स्थापनामा नागरिकलाई उत्साहीत बनाउन जरुरी भएको बताए ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष विजय सन्तोषी राई, उद्यमी गोपाल तामाङ्ग लगायतले घरेलु तथा साना उद्योगबाट मात्र मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले घरेलु तथा साना उद्योगहरुको संरक्षण, प्रवद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

समिक्षा कार्यक्रममा स्वागत मन्तव्य घरेलु समितिका शिक्षक रमा ढुंगानाले गरेकी थिइन भने कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता अर्जुन गिरीले गरेका थिए ।

आर्थिक बर्ष २०६७५/०७६ मा घरेलु तथा साना उद्योग विकास समति धनकुटाले २८ लाखा ५६ हजार ७ सय ४५ रुपैया राजश्वर संकलन गरेको निर्दशक पौडेलले वताएका थिए।फाईल तस्बिर