देशभर दुई दिनसम्म पानी पर्ने महाशाखाको अनुमानः सतर्कता अपनाउन आग्रह

केही स्थानमा पहिरोको खतरा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार देशभर पानी पर्ने र केही स्थानहरुमा ठूलो बर्षा हुन सक्ने सम्भावना रहेको भन्दै तर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार नेपालको दक्षिणतर्फ मनसुन न्यून चापीय रेखा रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावले पूर्व र मध्यका अधिकांश तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना देखिएको हो ।

मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले त्यस्तो जनाएको हो । महाशाखाका अनुसार बुधबार दिउँसो देशभर समान्य तथा केही स्थानमा पूर्ण बदली रहने सम्भावना रहेको छ ।

बिहीबार पनि बर्षात जारी रहने बताइएको छ । देशका पूर्व र मध्य स्थानहरु र पश्चिम स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने भएकाले सतर्क रहनुपर्नेमा जोड दिइएको छ ।

वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन भन्दै महाशाखाले अनुरोग गरेको छ । बिहानैदेखि काठमाडौं लगायत देशका विभिन्न स्थानमा बर्षात भैरहेको छ । फाइल तस्बिर