इलाका प्रहरी कार्यालयबाट भागेका तीन थुनुवा मध्ये एक पक्राउ

बाँके । खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट गत असार २८गते भागेका तीन थुनुवामध्ये दुईजना पक्राउ परेका छन् ।

निर्मल थापा र उज्वल कार्की पक्राउ परेका भने सिमन विक अझै फरार रहेका छन् ।

गत असार २८ गते राती साढे ११ बजे पानी परेको मौका छोपी शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर तीनजना थुनुवा भागेका थिए ।

थापा र कार्की सार्वजनिक र विक लागुऔषधका बन्दी थिए । बाँकेका प्रहरी उपरीक्षक वीर बहादुर वलीले घर परिवर्तन गर्दै बसेका उनीहरु भारत भाग्ने तरखर गर्दा समातिएको बताए ।

उनीहरुको सम्भावित बासस्थानको आसपासमा प्रहरीले निगरानी गरि रहेको थियो । उनीहरु भारत जानका लागि बाटो खर्च जुटाइ सकेको सूचना पाए लगत्तै प्रहरीले समातेको भन्दै प्रहरी उपरीक्षक वलीले लागु औषधका थुनुवा वि.क अझै फरार रहेकाले छिट्टै पक्राउ पर्ने जानकारी दिए ।