सरकारी कर नीतिको व्यापक विरोध: सिरहामा प्रदर्शन

उद्योगी व्यवसायीहरुद्धारा कर नीतिका कारण तनावध

लहान । सरकारले ल्याउन लागेको कर नीतिको विरोधमा सिरहाका विभिन्न स्थानमा रहेका नागरीक, व्यापार तथा व्यावसायीक संघ संस्थामा आवद्ध नागरीकहरूले आज प्रदर्शन गरेका छन् ।

साउन १ गतेदेखि लागु हुने गरी आएको सरकारको कर नीति कार्यान्वयनप्रति असहमति जनाउँदै सिरहाको लहान, मिर्चैया, गोलबजार, सुखिपुर, बरियारपटटिका विभिन्न ब्यापारी तथा व्यावसायहरुले नगर तथा गाउँपालिकामा विरोध प्रदर्शन गरेका छन् ।

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ कर नीति र ढुवानीलाई भ्याटमा लग्ने निर्णय गरेपछि व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

  1. जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको नेतृत्वमा
    सयौंको संख्यामा रहेका उद्योगी व्यवसायीहरुले कर नीतिको विरोध उल्लेखित प्लेकार्ड बाकेर विरोध र्‍याली निकालेका थिए ।

नयाँ कर नीतिका कारण उद्योगी व्यवसायीमा अन्यौलता सिर्जना गरेको, कतिपय नीति तत्काल लागु गर्नै नसक्ने खाले रहेको भन्दै उनीहरुले त्यस्ता प्रावधान खारेज गर्न माग गरेका छन् ।

लहान- ७ स्थित राम मन्दिरको परिसरबाट निकालेको विरोध र्‍याली नगरको विभित्र स्थानको परिक्रमा गरेर पुनः राम मन्दिरको परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो। त्यस्तै मिर्चैया नगरपालिकाका व्यापारीहरुले विरोध रयाली निकालेका छन् ।

रामनगर मिर्चैया उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको सो विरोध रयालीका सहभागीले नगर बजार परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका थिए ।

रामनगर मिर्चैया उद्योग वाणिज्य संघको कार्यालयबाट निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरेको रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकार साहले बताए ।

कोण सभालाई सम्बोधन गर्दै मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकार साहले सरकारले ल्याएका ऐन अव्यवहारिक रहेकोले तत्काल फिर्ता नलिए लागू गरिएको प्रणालीले समग्र अर्थतन्त्र प्रभावित हुने बताए ।

नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठले बताएका छन ।

त्यसै गरि सरकारको कर नीति कार्यान्वयनमा असहमति जनाउँदै सिरहाको बरियारपट्टी गाउँपालि का ब्यवसायी तथा ब्यापारी हरु गरि सरकारको कर नीति कार्यान्वयनमा असहमति जनाउँदै सिरहाको बरियारपट्टी गाउँपालिका ब्यवसायी तथा ब्यापारी हरुले पनि विरोध र्याली निकालेका छन।

बरियारपट्टी ब्यवसाय संघका अध्यक्ष चन्देशवर यादवले
साउन १ गतेदेखि लागु गरेको ढुवानी प्रणाली अव्यवहारिक रहेको भन्दै नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गरिनुपर्ने बताएका छन ।