नेपालगन्जनाका बाट ६ अर्व बढीको चामल अयात

भारत माथि नेपालको बढदो पर निर्भरता

बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमै ६ अर्ब रुपैयाँ भन्दा बढीको चामल भारतबाट आयात भएको छ ।

कृषिप्रधान देश नेपालमा केही वर्षयता आयात भएको खाद्य सामाग्रीको तथ्यांकले भारतसँग नेपालको निर्भरता बढ्दै गएको देखाएको छ ।

पेट्रोलियम पदार्थ, फलफूल र तरकारी मात्र नभई खाद्यन्नमा पनि नेपाल भारतमा निर्भर हुन थालेको हो ।

गत आर्थिक वर्ष ०७५÷०७६ मा नेपालगञ्ज नाका भएर भारतबाट ६ अर्ब ४७ करोड ७० लाख ६२ हजार ४५३ रुपैयाँको चामल आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।

निरौलाका अनुसार आ.व.२०७४÷०७५ मा ५ अर्व ८५ करोड १८ लाख १४ हजार ३४१ रुपैयाँको चामल आयात भएको थियो भने गत आ.व.मा १ अर्ब ३६ करोड ९८ लाख ५० हजार ८३७ रुपैयाँको आलु आयात भएको छ ।

आ.व. २०७४÷०७५ मा ७७ करोड २७ लाख १२ हजार ११ रुपैयाँ बराबरको आलु आयात भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार, आँप, अम्बा, प्याज, केरा, लसुन आयात पनि बढेको प्रमुख निरोैलाले बताए आ.व. ०७४÷०७५ मा ७ करोड ८८ लाख ७९ हजार ८७० रुपैयाँको प्याज आयात हुँदा गत आ.वमा ३४ करोड ५६ लाख २० हजार ५८३ रुपैयाँको प्याज आयात भएको छ ।

त्यसैगरि, गत आ.व.मा २९ करोड १३ लाख ३८ हजार ९०४ को केरा, ११ करोड ३४ लाख ६३ हजार ९३६ को आँप र अम्बा तथा तीन करोड ६६ लाख २३ हजार ५१५ को टमाटर भारतबाट आयात भएको छ ।

आ.व. २०७४÷०७५ मा चार करोड ९६ लाख २५ हजार ७६ रुपैयाँको केरा, दुई करोड ६० लाख ४९ हजार ५९९ रुपैयाँको आँप र अम्बा तथा ४४ लाख ६३ हजार ८८५ रुपैयाँको टमाटर भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।