क्रान्तिकारी माओवादीमा पहिरोः भिडियोसहित हेर्नुहोस्, दर्जनौ नेता,कार्यकर्ताहरुले यसरी गरे विद्रोह….

सच्चा क्रान्तिकारीहरुबीच एकता र धु्रबिकरणमा जोड

ललितपुर । मोहनबैद्य किरणले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) मा रहेका दर्जनौ नेता, कार्यकर्ताहरुले हिजो एक कार्यक्रमबीच पार्टी विधि र पद्दती भन्दा पनि केही नेताहरुको चाहनाका आधारमा चलेको र अराजकता मौलाएको भन्दै बिद्रोह गरेका छन ।

क्रान्तिकारी माओवादीका युवा नेता लोकराज जैसीको नेतृत्वमा विभिन्न पार्टी र समूहमा आवद्ध नेता, कार्यकर्ताहरुबीचको छलफल, संवादबाट पछिल्लो चरणमा क्रान्तिकारी पार्टी निर्माण् गर्न बनेको नेकपा (क्रान्तिकारी माओवादी) विद्रोही समूह मार्फत उनीहरुले हिजो सार्वजनिक रुपमा विद्राह गरेका हुन ।

क्रान्तिकारी माओवादी बिद्रोही समूह र गोपाल किराती साईला नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच पटक पटक क्रान्तिकारी पार्टी निर्माणको लागि भएको वार्तापछि दुई पक्षबीच भएको लिखित सहमतीका आधारमा हिजो ललितपुरको ग्वार्कोमा आयोजित ‘पार्टी एकता तथा धु्रबिकरण’ कार्यक्रमबीच त्यस्तो कुरा सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रम मार्फत बिद्रोही समूहका नेतृत्वकर्ता जैसीले आफुहरुले क्रान्तिकारी माओवादीमा रहदा पटक पटक देखिएका समस्याहरु र त्यसको हल वैचारिक राजनीतिक नीति र विधिका आधारमा गर्नुपर्ने भन्दा आएपनि पार्टीमा चाकडिवाद, चाप्लुस तथा झुण्डवादी प्रकृतिले संरक्षण पाउँर्दै गएपछि आफुहरु अगल रहेको प्रष्ट पारेका छन ।

जैसीले क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण लगायतका नेताहरुलाई सम्झना गर्दै रातो सलाम गर्दै आफुहरु त्यहाँबाट बाध्यतावस अलग हुनुपरेको बताएका थिए । उनले पार्टीमा त्यागी, इमान्दार र कम्युनिस्ट आन्द्योलनमा जीवन बिताएका नेताहरु भएपनि केही नेताहरुले मुल नेतृत्व र पार्टीलाई गलत प्रवृतिमा फसाइरहेको आरोप लगाए ।

उनले आफुहरुले त्यहाँ देखिएको विधि, पद्दती बिहिन अवस्था र बढ्दो अराजकता सुधार हुन नसकेको भन्दै चिन्ता सहित बाहिर निस्केको बताएका ।

उनले त्यहाँ केही नेताहरुको आत्मकेन्द्रीत सोच नै संगठनात्मक विधि बन्दा पार्टीको केन्द्रीय समिति बैठकमा विवाद देखिएको विषय छताछुल्ला रुपमा बाहिर आएको र त्यसलाई जनवादी केन्द्रीयताको कसिमा सच्याउनतर्फ ध्यान नदिएर गलत प्रवृतिलाई लुकाएर अघि बढ्ने संकार मौलाउँदै गएको तर्क गरेका थिए ।

क्रान्तिकारी माओवादी विद्रोही समूहको अगुवाईमा उक्त कार्यक्रमबीच प्रदेश नम्बर एक, दुई, तीन, चार, पाँच, छ र सातका विभिन्न जिल्लाका विभिन्न तह र जिम्मेवारीमा रहेका १४ जना नेता, कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा एकिकृत भएका छन ।

क्रान्तिकारी स्प्रिड बोकेका दर्जनौ नेता, कार्यकर्ताहरु क्रान्तिकारी पार्टी निर्माणको लागि एकिकृत भएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती साईलाले सबैलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै माओवादी केन्द्रमा उपाध्यक्ष रंगनाथ ढकालले बिद्राह गरेर आउने नेता, कार्यकर्ताको स्प्रिड राम्रो रहेको र त्यसबाट आफुहरुले धेरै अपक्षा गरेको बताए ।

उक्त कार्यक्रममा माओवादी केन्द्रमा सचिव राजन तिमिल्सैना लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो । त्यस्तै हलका पार्टीका नेता, कार्यकर्ताहरुले खचाखच भरीएको थियो । त्यसले पार्टीमा नयाँ गति आउने धेरैले अपेक्षा गरेका थिए । बाँकी बिद्रोही पक्षको सार्वजनिक वक्तव्यको पूर्णपाठ सहित कार्यक्रमको पुरै भिडियो हेर्नुहोला ।

नेकपा (क्रान्तिकारी माओवादी) परित्याग तथा क्रान्तिकारी एकता/धु्रबिकरणबारे

मितिः २०७६/०४/०४

वर्गिय मुक्तिको सपना देखेर पार्टीले सञ्चालन गरेको महान दशबर्षे जनयुद्ध र त्यसपछिका जनआन्दोलनहरुमा आफ्नो भुमिका निर्वाह गर्ने क्रममा तमान नेपाली आमाका बीर सपुतहरुले आफ्नो जीवन आहुति दिएका छन । तर त्यो आन्दोलनका केही नेतृत्वकर्ताहरु आज हजारौंको बलिदानीपूर्ण इतिहासलाई सत्ताँ र पद, प्रतिष्ठाको मोलमोलाईमा लिलाम गरिरहेका छन त कोही जनताको राज्यव्यवस्था नआएको भन्दै क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्ने भन्दै बर्षैदेखि गन्थनमन्थनमा अल्झेका छन । दलाल तथा नोकरशाही व्यवस्थाले क्रान्तिकारी शक्तिलाई छिन्नभिन्न गर्दै दमनको सीमा मिच्दै गैराखेको वर्तमान अवस्थामा क्रान्तिकारी शक्तिलाई उठ्नै नदिने योजना बनाएको देखिन्छ । एकातिर मुलुकमा भ्रष्टाचार, महंगी, व्याथिति, विकृति र सामाजिक अराजकताले पराकाष्ठ नाघिरहेको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविका संकटमा छ भने अर्कोतिर नामधारी कम्युनिस्ट पार्टीले जनतामा भ्रम उत्पन्न गराउँदै सरकारी विज्ञापन गरिरेर क्रान्तिकारी शक्तिलाई कमजोर पार्दै गएको देखिन्छ । चौतर्फि रुपमा देश र जनता समस्यामा परेको बेला सच्चा क्रान्तिकारी शक्तिहरुबीच विचारधारात्मक एकता अनिवार्य छ, तथापि यहाँ एकले अर्काको अस्तित्व नस्विकार्ने आडम्बरी प्रवृतिका कारण आन्दोलन ठिक रुपमा उठ्न सकिरहेको छैन । हामी लामो समयदेखि माओवादी आन्दोलनमा जोडिदैं, विभिन्न भूमिकामा पार्टी र संगठनको जिम्मेवारीमा रहेर काम गर्दै आयौं, पार्टीको जीवनमा ठूला ठूला प्रलय र आँधी, हुरीवतास आयो तर हामी निरन्तर क्रान्तिकारी विचारको रक्षा, प्रयोग र विकासको लाईनमा बस्यौ ।

        पछिल्लो समय नेकपा (क्रान्तिकारी माओवादी) मा आवद्ध रहँदै गर्दा पार्टीले अबलम्बन गरेको राजनीतिक–वैचारिक लाईन, रणनीतिक योजना र कार्यक्रहरुसँग मूलभुत रुपमा सहमत रहेपनि नीति र नेतृत्वबीचको अन्तरविरोध, जनवादी केन्द्रीयताको अनुचित प्रयोग बढ्नु र त्यसमा समिक्षा तथा सुधारको प्रयत्न गर्नुभन्दा पनि पार्टीमा ढाकछोप गर्ने प्रवृति बढें । कम्युनिस्ट आन्दोलनका अग्रज, त्यागि र इमान्दार देखिने नेताहरुले भरिएको पार्टीमा समेत विधि, पद्दती र प्रकृयाहरुमा समस्या आउने अनि त्यसबारे बोल्नेलाई एक्ल्याउने खालको संस्कार बढ्नु र मुख्य नेतृत्वमाथि सबै समस्या थुपार्ने कामहरु बढिरहे, त्यसलाई आन्तरिक पद्दतीमा रहेर जति प्रयास गर्दा पनि सुधार गरिएन । केही उपल्लो तहका नेताहरुको झुण्डहरुले पार्टीको विधि पद्दतीलाई आफु अनुकुल प्रयोग गरेपछि त्यहाँ इमान्दार नेता, कार्यकर्ताहरुको संरक्षण कसरी हुन्छ ? यही अवस्थाबाट पार्टीले देश र जनताको पक्षमा प्रभावकारी कार्यक्रम चाल्न नसक्ने निष्कर्ष सहित हामी नेकपा (क्रान्तिकारी माओवादी) मा रहिरहन उपयुक्त नदेखेर अलग रहदैँ सच्चा क्रान्तिकारी पार्टी निर्माणको विषयमा वहस, छलफल गर्दै विभिन्न पार्टी, समूह वा एक्लै रहेका क्रान्तिकारी पक्षहरुलाई समेट्दै पछिल्लो समय नेकपा (क्रान्तिकारी माओवादी) बिद्रोही समूह निर्माण गरेर अघि बढेको विषय प्रष्ट पार्न चाहन्छौ ।

    हाम्रो सूमहले मूलत राजनीतिक वैचारिक विषयमा छलफल गर्दै देश र जनताको मुद्धालाई ठिक रुपमा उठान गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनलाई ब्यवस्थित गर्ने र वर्गिय मुक्ति आन्दोलनको उठान गर्ने लगायत दुई पक्षिय साझाँ सहमतिका साथ निरन्तर मालेमावादी मार्गदर्शक सिद्धान्तमा अघि बढ्ने गरी एकता तथा धु्रबिकरण प्रकृयामा गएको विषय पनि यहि पत्रमार्फत सार्वजनिक गरेका छौं । हाम्रो नेकपा (क्रान्तिकारी माओवादी) बिद्रोही समूह र गोपाल किराँती ‘साईला’ ले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रकृया मार्फत आजैका दिनदेखि तपसिलका हामी सबै (१४ जना) विभिन्न अन्य पार्टी, समूह र नेकपा (क्रान्तिकारी माओवादी) छाडेर नेकपा (माओवादी केन्द्र) मा जोडिएको विषय सार्वजनिक रुपमा जानकारी गराउँदछौं ।

सबै कम्रेडहरुमा अभिवादन सहित !

……………
लोकराज जैसी ‘लोकेश’
संयोजक, नेकपा (क्रान्तिकारी माओवादी) विद्रोही समूह