अखिल क्रान्तिकारीद्धारा शुल्क बृद्धिको निर्णय नहटाए आन्दोलन गर्ने चेतावनी

विद्यार्थिहरुलाई आन्दोलनमा सहभागि हुन अपिल

कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीले सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक क्याम्पसहरुमा विभिन्न नाममा विद्यार्थिमाथि थुपारिएको चर्को शुल्क बृद्धि हटाउन दवावमूलक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कैलालीको अत्तरियामा पर्ने दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस लगायत सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका अन्य आंगिक क्याम्पसहरुमा गरिएको शुल्क बृद्धीको निर्ण तत्काल फिर्ता लिन भन्दै आज अखिल क्रान्तिकारीले चेतावनीूिर्ण विज्ञप्ति जारी गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष पुस्करराज जोशिले विज्ञप्ति मार्फत आफ्नो संगठनले निरन्तर रुपमा विद्यार्थि हक,हित र अधिकारको विषयमा क्याम्पस प्रशासनसँग छलफल गर्दै आएको भएपनि त्यसको ब्यवस्ता गरिएका कारण आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन ।

उनले आफ्नो संगठनले गर्ने आन्दोलन र त्यसबाट उत्पन्न समस्याको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुनुपर्ने भन्दै बढाईएको शुल्क बृद्धि फिर्ता लिन चेतावनी दिएका छन । उनले जारीगरेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ–

मितिः २०७६/०४/०२

प्रेस विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) आफ्नो स्थापनाकालदेखि नै शिक्षामा भएको निजिकरण, व्यापारिकरण, भ्रष्टिकरण र दलालिकरणको विरुद्ध निरन्तर रुपमा सघर्ष गर्दै आएको एक सच्चा क्रान्तिकारी विद्यार्थि संगठन हो । शिक्षा पुर्णरुपमा राष्ट्रियकरण निशुल्क एवम् सर्वसुलभ हुनुपर्ने कुराका साथैं वैज्ञानिक एवम् जनवादी शिक्षाको कुरा समेत हाम्रो संगठनले जोडदार रुपमा उठाउँदै आईरहेको यहाँहरुमा अवगत नै छ ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंशिक क्याम्पसको रुपमा सञ्चालित यस दुर्गालक्ष्मि बहुमुखि क्याम्पसमा अध्यापन गराईने विभिन्न संकायहरुमा क्याम्पसले चर्को शुल्क असुल्दै आएको र हाम्रो संगठनले विभिन्न समयमा क्याम्पसलाई प्रसाशनसँग विद्यार्थिहरुको तर्फबाट र संगठनको तर्फबाट गरेको संवाद र छलफललाई क्याम्पस प्रशासनले वेवास्ता गरेकाले थप संघर्ष गर्नुपर्ने आवश्यकता देखिन आएको छ । यो लागु गरेको चर्को शुल्क नघटाएमा हाम्रो संगठनले सशक्त आन्दोलन गर्ने व्यवहोरा समेत अवगत गराईन्छ ।

सम्पूर्ण शुल्क घटाउन माग गर्दा बेवस्था गरि हाम्रो संगठनलाई आन्दोलनको चरणसम्म पुर्याउने क्याम्पस प्रशासनको गतिविधिप्रति खेद प्रकट गर्दै संगठनले थाल्ने आन्दोलनबाट हुनजाने समस्याको जिम्मेवारी लिन र आन्दोलनको सामना गर्न तयार रहन समेत क्याम्पस प्रशासनलाई चुनौति दिन चाहन्छौं । विद्यार्थि हकहितको आन्दोलनमा सहयोग समर्थन गरिदिन सम्पूर्ण विद्यार्थि, अभिभावक, प्रध्यापक, कर्मचारी, शिक्षाप्रेमि, पत्रकार मित्रहरुमा समेत हार्दिक अनुरोध गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

क्रान्तिकारी अभिवादन सहित !

…………
पुस्करराज जोशी
(केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष)