प्रदेश स्तरको विश्वबिद्यालयको स्थापनाको माग गर्दै डेलीगेशन टोली बुटवलमा

नेपालगन्जमा प्रदेशस्तरको बिश्वबिद्यालयको स्थपना न्यायोचित हुने ः आई.पी खरेल

बाँके । नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको लागि उच्च स्तरीय डेलिगेशन टोली पाँच नंम्बर प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवल पुगेर प्रदेशस्तरको विश्व विद्यालय स्थापनाको लागि माग राखेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा गएको उच्चस्तरिय डेलिगेशन टोलीले बाँकेबाट प्रेदश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरु सहितले मुख्यमन्त्री शंकर पोख्रेलका सामु नेपालगन्जमा विश्व विद्यालय स्थापनाको लागि आवश्यक पूर्वाधार, सम्भावनाका बारेमा प्रस्ट्याएका थिए ।

पाँच नंम्बर प्रदेश सभा सांसद तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले पाँच नंम्बर प्रदेशको लुम्बिनीमा बौद्ध विश्व विद्यालय र दाङ्गमा नेपाल संस्कृत विश्वविद्यालय भएको अवस्थामा विद्यार्थी संख्या तथा सहजताको कारणले पनि बाँकेको नेपालगन्जमा प्रदेश स्तरको विश्वविद्यालय स्थापना गरिँदा न्यायोचित हुने बताए ।

नेपालगन्जमा विश्वविद्यालय स्थापनाको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, प्राईम लोकेशनमा जमिनको उपलब्धता गराउने तथा अन्य आवश्यक संरचना दिन नेपालगन्जबासी तयार रहेको नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा.राणाले मुख्यमन्त्री पोखे्रल सामु प्रतिबद्धता जनाए ।