लागु औषध सहित तीन प्रक्राउ

बाँके । प्रहरीले भारतबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर नेपाल ल्याउदै गरेको अवस्थामा बिहीवार बिहान तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनहाको संयुक्त टोलीले कम्मरमा लुकाई ल्याउदै गरेको अवस्थामा बीरेन्द्रनगर–३ सुर्खेतका २२ वर्षिय अमृत बिक, ३२ वर्षिय चन्द्र बहादुर बिक र सुनसरी ईनरुवा–७ घरभई हाल बीरेन्द्रनगर–३ मा नाई पसल सञ्चालन गर्दै आएका ३२ वर्षिय दिपेन्द्र ठाकुरका साथबाट प्याकिङ्ग गरेको अवस्थामा १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका ईन्चार्जसमेत रहेका प्रहरी निरिक्षक बिर बहादुर थापाले भारतबाट आउदै गरेका बिकद्वय र ठाकुरका साथबाट प्लास्टिकमा प्याक गरेको अवस्थाको १४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए ।