ग्राण्डी अस्पतालमा एनआईसी एशिया बैंकका सेवाग्राहीहरुलाई विशेष सहुलियत सुविधा

हेर्नुहोस्, दुई पक्षबीच यस्तो भयो सम्झौता

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रा.लि. धापासीमा उपचार प्रकृयामा एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुको लागि विशेष छुटसहितको सुविधा प्राप्त हुने भएको छ । हिजो दुई पक्षबीच भएको सम्झौता अनुसार त्यस्तो सुविधा प्राप्त हुने भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गरिने उल्लेख गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञप्ति जारी गर्दै त्यस्तो बताएका हुन ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २९१ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।