बाख्रा चराउन गएकी दश बर्षिया बालिकाको बाढीमा डुवेर मृत्यु

स्थानीयहरु चिन्तामा

सिरहा । सिरहाको मिर्चैया नगरपालिका १ मा बाख्रा चराउन गएकी एक बालिकाको बाढीमा डुवेर मृत्यु भएको छ । निरन्तरको बर्षातका कारण जमेको पानीमा डुबेर हिजो उनको मृत्यु भएको हो ।

बर्षात रोकिएपछि बाख्रा चराउन गएकि १० वर्षीय रागिनी मण्डल केही बेरमै बाढीमा डुवेर मृत्यु भएको खबर गाउँभरी मच्चिएको थियो ।

चिप्लिएर ️धेरै पानी जमेको (बाढी) मा खसेपछि उनको डुबेर मृत्यु भएको बुझिएको छ । बाढीमा डुबेर उनको मृत्यु भएपछि स्थानीयहरु त्रसित भएका छन ।

मण्डल पानीमा डुबेको विषयमा स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यहाँबाट प्रहरीले बालिकाको शव निकालेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।