लगानी अभावका कारण गुणस्तरीय शिक्षा र विकासमा समस्या

प्रदेश स्तरिय महिला क्षमता विकास तालिम सम्पन्न

धनकुटा । राज्यले शिक्षामा लगानी कम गर्दै आएकोले शिक्षाको गुणस्तर र विकास हुन नसकेकोले देशनै पछाडी परेको आज धनकुटाको पाख्रिवासमा आयोजित प्रदेश स्तरीय महिला क्षमता विकास तालिमका सहभागीहरुले बताएका छन ।

नेपाल शिक्षक महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष तथा शिक्षक नेता केशव निरौलाले तालिमको उद्घाटन गर्दै अहिलेको शिक्षा नतिबाट मुलुकको समग्र शिक्षा क्षेत्रको विकास गर्न नसकिने भएकाले नया शिक्षा निति निर्माण गरेर मात्र शिक्षाको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताएका छन् ।

कार्यक्रममा नेपाल शिक्षक संघका एक नम्वर प्रदेश अध्यक्ष पूर्ण गौतम, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य ज्ञानु गुरुङ्ग, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य रेणुका पोखरेल, नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

राज्यले शिक्षा क्षेत्रलाई कम प्राथमिकता दिई बजेट कम छुट्याउदै आएकाले शिक्षा क्षेत्रको विकास नभइ गुणस्तरीय शिक्षामा समस्या देखिएको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

उनीहरुले देशको कुल बजेटको आधा प्रतिशल बजेट शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रका लागि छुट्याउनु पर्नेमाजोड दिनु दिए ।

नेपाल शिक्षक संघ १ नम्वर प्रदेश महिला बिभागका संयोजक निर्मला कोईरालाको अध्यक्षतमा भएको दुई दिने क्षमता विकास तालिमको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सदस्य पार्वत राउतले गरेका थिए भने कार्यक्रमको संचालन प्रदेश सचिव चित्रकला ओलीले गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघका १ नम्वर प्रदेश महासचिव ऋषि कोईराला, अर्थ महासचिव रामकुमारी भण्डारी, उपमहासचिव तुलाराम चौधरी, नेपाल टेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा, नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष धिरेन्द्र बहादुर लिम्बु, महिला उपाध्यक्ष दिलकुमारी राई, सहसचिव शोभा वराल, अर्थ सहसचिव बिमला सन्तोषी राई लगाएतको समेत सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाल आदीवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, कान्तिपुर पल्किेशनका उपसम्पादक रमेशचन्द्र अधिकारी, नेपाल प्रेस युनियन धनकुटका सचिव विकास घिमिरे, लगायत नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका विभिन्न जिल्लाहरुका महिला पदाधिकारीहरु, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत सहभागीता रहेको थियो ।

एक नम्वर प्रदेशका विभिन्न जिल्लाहरुका ४० जना नेपाल शिक्षक संघका प्रदेश तथा जिल्लाका महिला शिक्षक नेताहरुले कार्यक्रममा भाग लिएका थिए ।

उक्त क्षमता विकास तालिममा नेपाल शिक्षक महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष केशव निरौला, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य रेणुका पोखरेल, प्रदेश अध्यक्ष पूर्ण गौतम, अर्थ महासचिव रामकुमारी भण्डारी, अधिवक्ता शारदा सन्तोषी राईले प्रशिक्षण दिएका थिए ।