लगातार वर्षाका कारण सिरहाका हजारौं घर डुवानमाः अधिकाशं क्षेत्र जलमग्न

यातायात अवरुद्धः उद्धार कार्य जारी

सिरहा । मनसुनका कारण सिरहाका विभिन्न ठाउँहरु अहिले जलमग्न अवस्थामा पुगेका छन । त्यहाँ पानी भरिएपछि हजारौं घरहरु डुवानमा परेको र उद्धार कार्य भैरहेको बताइएको छ ।

सिरहा नगरपालिका १२ सारस्वर स्थित कमला खोलामा आएको बाढीले कल्याण पुर नगरपालिका १२ को गम्हरियाकट्टि, महादेव मन्दिर टोल, मुस्लिम टोल , पछबारीटोल लगायत क्षेत्रका करिब ५०० घरहरु डुवानमा परेका छन।

त्यसतै लहान नगरपालिका १ र २ को मिलन चौक दलित बस्तीका करीब ४०/५० घर डुवानमा परेको त्यहाँबाट हाम्रा सहकर्मिले जनाएका छन ।

त्यसै गरि सिरहा नगरपालिका ६ बसबिटा टोल स्थित कमला नदीमा सिचाइको लागि बनाइएको नहरमा पानीको बहाब बढदा बसबिटा गाउँका ७०/८० घरहरु डुबानको जोखिममा रहेको बताइएको छ ।

डुवानमा परेका सबै सामानहरु पानीले नोक्सान पुर्याएको छ भने मानिसको उद्धार गरी सुरक्षित स्थानमा राख्ने काम भैरहेको छ । त्यहाँ नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको टोलीले उदार गरीरहेका छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रबक्ता अपील राज बोहराले जोमि तथा प्रभावित क्षेत्रमा सुरक्षा टोलीलाई उद्धारका लागि परिचालन गरिएको बताएका छन।

त्यस्तै लगातार वर्षाका कारणले पुर्ब पश्चिम राजमार्गको गोलबजार, मिर्चैया धनगढी नगरपालिका (सोनापुर) का सडक तथा अन्य ठाउँहरू जलमग्न भएका देखिन्छन ।

भारी बर्षाका कारण बाहिरबाट आएका यात्रुलाई गन्तव्य स्थानतर्फ पुग्न समेत गाह्रो भएको देखिन्छ । कतिपय ठाउँहरुमा पानी जमेका कारण मानिसहरुलाई बाहिर निस्कन र कामकाजमा समस्या भएको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने भन्दैविज्ञप्ति निकालेर सतर्कता अपनाउन आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण साना साना खोला नालाहरु समेत जुनसुकै बेला बढ्न सक्ने भएकाले सतर्कता तथा सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।