हेर्नुहोस्, काबेली कोरिडोर ट्रान्समिशनलाईन निर्माणको समस्याबारे विद्युत प्राधिकरणलाई आयो यस्तो पत्र….

ज्यामीहरुको पारिश्रमिक निकासा गरिदिन आग्रह

पाँचथर । कावेली कोरिडर प्रसारण लाइन निर्माणमा ठूला ठेकेदार कम्पनी र त्यसका कामदारहरुले पारिश्रमिक पाएको भएपनि सानो कामको ठेक्का लगेर काम गरिरहेका ज्यामीहरुले अझैसम्म पारिश्रमिक नपाएको विषयमा कावेलि जलविद्युत आयोजना प्रवद्र्धन तथा समस्या समाधान समितिले नेपाल विद्युत प्राधिकरण समक्ष ध्यानाकर्ष गराएको छ ।

कावेलि जलविद्युत आयोजना प्रवद्र्धन तथा समस्या समाधान समितिका अध्यक्ष गुरु प्रसाद न्यौपानेले आज एक पत्र सार्वजनिक गर्दै नेपाल विद्यु्त प्राधिकरणलाई उक्त विषयमा गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

उक्त पत्रमा समस्या समाधान समितिका प्रबद्र्धकको गलत नियतले काममा अवरोध भई कोरिडर सम्पन्न गर्न समस्या भएको भन्ने आसयसहित आएका समाचारको विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त समाचार गलत ढंगले आएको बारेमा स्पष्ट पार्न खोजिएको छ ।

कावेली कोरिडर निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने उद्देश्यले विगत ३ वर्षदेखि उक्त समितिले आफ्नो भूमिका खेल्दै आएको र समितिका कारण कुनै अवरोध नभएको विषय पत्रमा खुलाइएको छ ।

पत्रमार्फत ज्यामिहरुले पाउँनुपर्ने रकम निकासा गरिदिनका लागि प्राधिकरणलाई आग्रह समेत गरिएको छ । बाँकी पत्रको पूर्ण पाठ यस्तो छ….

पत्रको पूर्ण पाठ

कावेली कोरिडर प्रसारण लाइन निर्माणमा प्रबद्र्धकको गलत नियतले अवरोध भई कोरिडर सम्पन्न गर्न समस्या भएको सम्बन्धित प्रेषित समाचारले हाम्रो ध्यानकर्षण भएको छ । हामी कावेली वी–१ आयोजना, इवाखोला आयोजना, तल्लो हेवा तथा हेवाखोला १ जलविद्युत आयोजनाका प्रवद्र्धकहरुले मिलेर माननिय श्री वसन्त नेम्वाङको संयोजकत्वमा एक समस्या समाधान समिति खडा गरी कावेली कोरिडर निर्माण छिटो सम्पन्न गर्ने उद्देश्यले विगत ३ वर्ष देखि निरन्तर कार्यरत छौ । कोरिडरको समस्याको समाधानको लागि स्थानीयस्तरमा काम गर्न रैराङ हाइड्रोपावरका कार्यकारी संचालक श्री कुवेरमणि नेपालले अविरल सहयोग गरि कोरिडर सम्पन्न गर्ने स्थितिमा पुगेको हो । वहाँको सहयोग र साथ नभएको भए यो कोरिडर अहिलेको स्थितिमा आउने थिएन । नेपाल विद्युत प्राधिकरणले जग्गा गरिद गर्न पाँचथर जिल्लाको जग्गधनीहरुको मूअब्जा बापत भुक्तानी गर्नु पर्ने रकमहरु जिल्ला प्रशासन कार्यालयमा बुझाए पछि केहि काम नभएको अवस्थामा वहाँले पहलगरी प्राधिकरणको नाममा जग्गा खरीद गर्ने परिस्थिति सृजना भई ठेकेदार कम्पनीलाई काम गर्ने वातावरण वनेको कुरा स्मरण गर्न चाहन्छौं ।

प्रसारण लाइनको काम गर्न सबै भन्दा असहज काम भनेको टावर निर्माणको फाउण्डेसन तयार गर्ने हो । यसको लागि हेवा खोला आयोजनाको तर्फबाट दोस्रो खण्ड र कावेली र इवाखोलाको तर्फबाट तेस्रो खण्डको फाउण्डेसन तथा टावर निर्माण कार्य भएको हो । यि सबै काममा कम्पनीले आफुले घाटा व्यहोरेर फाउण्डेसन तथा टावर निर्माणको कार्य सम्पन्न गरी भारतीय ठेकेदार कम्पनीलाई तार विछ्याउने कामको जिम्मा दिइएको हो । हामीले २०७५ माघ महिनामा भित्र सो काम सम्पन्न गरी हस्तान्तरण गरेका हौ । यसका वावजुद पनि दोस्रो तथा तेस्रो खण्डमा हाम्रो पहलमा वन तथा सामाजिक समस्याहरु समाधान गरी काम गर्न सहजिकरण गरेका हौ । राइट अफ वेमा रुख कटान गर्न हामीले सहजिकरण गरेका छौ । तेस्रो खण्डको मूख्य काम सकेर तार तान्ने मात्र काम वाँकी हो ।

फाउण्डेसनको काम पलाञ्चोक भगवती कम्पनी मार्फत स्थानीय ठेकेदारबाट भएको हो । काबेली कोरिडोर ट्रान्समिशनलाईन निर्माणको ठेक्का पाएको भारतीय ठेकेदार Aster Company (P.) Ltd. ले नेपाली सवकन्ट्राक्टरहरुले सम्पन्न गरेको सिभिल तर्फको कामको रकम भुक्तानी लिइसकेको तर कामदारलाई नदिएको कारणले पेटि कन्टाक्टरहरुले तार तान्ने काममा अवरोध गरेका हुन् । यसको लागि कम्पनीले पहल गरि प्राधिकरण कै रोहवरमा पछिल्लो १ महिना पछिको मितिको चेक पेटि ठेकेदारलाई दिई काम सुचारु भएको थियो । चेक पाएको मिति पनि १.५ महिना गुज्रीकसेको तर आश्वसान मात्र दिने तर भुक्तानी नदिने गरेकाले स्थानीय कामदार र भुक्तानी दिने भारतीय ठेकेदार विच समस्या उत्पन्न भएको हो । स्मरण रहोस ठेकेदार कम्पनी एस्टरले नेपाल विद्युत प्राधिकरणबाट कामको बीलको भुक्तानी प्राप्त गरिसकेको तर सोहि काम गर्ने ससाना ठेकेदारहरुले आफुले सम्पन्न गरेको कामको भुक्तानी नपाएको अवस्थामा पनि कम्पनीको तर्पmबाट सहजीकरण गराई काम सुचारु हामीले नै गराएको हौ । काम सम्पन्न भएको छ महिना वितिसक्दा पनि भुक्तानी गर्न नपर्ने र समस्या अन्यत्रवाट भएको भनि प्रचार गर्न कति सान्दर्भिक हुन्छ आफुमा अनुसन्धानको विषय हो ।

हामी जलविद्युत आयोजनामा पेनाल्टी पर्नाले काम अवराध गर्ने पक्षमा हैनौ । हामीलाई अवरोध भन्दा पनि छिटो प्रसारण लाइन चाहिएको छ, तसर्थ गलत लान्छना लगाएर अरुलाई बदनाम गराउनु भन्दा समस्याको पहिचान गरी समाधान गर्नु बुद्धिमानी हुनेछ । प्रवद्धर्कहरुले आयोजना सम्पन्न नगरेमा लाग्ने जरिवाना भनेको विद्युत खरीद बिक्री सम्झौता मुताविका हुने विषय हो । प्राधिकरणले यो ट्रान्समिशन लाईन पुरा गर्नु पर्ने समय तोकिएको भन्दा चारवर्ष बढी लाग्न गएको र निर्माण लागतमा राज्यको ठुलो भार थपिएको छ । यति मात्र नभएका १५ मेवाको हेवाले प्रसारण निर्माण कार्य नभएकाले २ वर्ष न्यून क्षमतामा सञ्चालन गर्न वाध्य भएको थियो । ट्रान्समिशनलाईन निर्माणको कामको गति हेर्दा अधिकांश जलविद्युत आयोजना प्रवद्र्धकह निराश भई आयोजनाको निर्माणमा ढिलाई गर्नु परिरहेको स्थिति सर्वत्र साँचो छ जो घाम जस्तै छर्लङ्ग छ ।

प्रसारण परियोजनारु विदेशी ठुला ठेकेदारहरुले मात्र ठेक्का पाउने गरेको र सोही काम पुनः नेपाली साना ठेकेदाररुलाई पेटीमा काम दिइरहेको स्थिति छ । विदेशी ठेकेदारहरुले नेपाली ठेकेदार कम्पनीलाई काम लगाई भुक्तानी नदिई भाग्ने गरेको धेरै दृष्टान्तहरु बनिसकेको छ । स्मरण रहोस यही कावेली कोरिडारमा पनि ठेकेदार कम्पनी एस्टरबाट धेरैवटा नेपाली पेटि कन्टाक्टरहरुको भुक्तानी प्राप्त हुन बाँकीछ । पलाञ्चोक भगवती ती मध्ये एक कम्पनी मात्र हो । यसर्थ,विदेशी ठेकेदार कम्पनीहरुले नेपाली विद्युत प्राधिकरणबाट भुक्तानी लिने र स्थानी नेपाली ठेकेदार कम्पनीहरुले भुक्तानी नपाउने विषय हामीसबैको लागि दुखद विषय हो । यस कारण पनि म काम मात्र हैन नेपाली कामदार तथा ज्यामीहरुको भुक्तानीनपाउने समस्यातर्फ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकज्यूको गंभिर ध्यानाकर्षण हुनु आवश्यक आवश्यक ठान्दछु ।

…………………….
गुरु प्रसाद न्यौपाने
कार्यकारी अध्यक्ष