अबिच्छीन्न बर्षाका कारण शहरी र ग्रामिणक्षेत्र डुवानमा

नाला पुुरिदा बर्षातका पानी घरघरमा

बाँके । मंगलवार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँकेका सहरी र ग्रामीण क्षेत्र डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरालगायत गाउँपालिकाका विभिन्न क्षेत्रमा वर्षाको पानी निकास नहुँदा स्थानीयको घरभित्रै पानी पसेको हो ।

कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाका रानी तलाउ, महेन्द्र स्कुल रोड, महेन्द्रपार्क क्षेत्र, घरबारीटोल,बेलासपुर,न्यूरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, कारकाँदो, राँझा लगायतका क्षेत्रहरु जलाम्य भएका छन ।