राजालाई बम हान्ने कांग्रेस नेता भीम नारायणको जन्मजयन्ती मनाइदैं

स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना

धनकुटा । नेपाली कांग्रेस धनकुटाले शहीद भीमनारायण चौकमा आज उनको ८३ औ जन्मजयन्तीको अवसर पारेर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

श्रेष्ठले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिई जिवन उत्सर्ग गरेको कारण उनको उच्च सम्मान र सम्झनामा उक्त श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो ।

उनको नाममा धनकुटा सिरानबजारमा स्थापना गरिएको सहिद भीमनारायण चौकमा बिहान जन्मजयन्ती तथा श्रद्धाञ्जली कार्यक्रम गर्ने तयारी भैरहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जनाएका छन ।

वि.स. १९९४ साल असार २४ गते धनकुटामा जन्मिएका श्रेष्ठले २०३० चैत्र ३ गते तत्काल राजा विरेन्द्रराको विराटनगरमा सवारी हँुदा बम हानेको आरोपमा पक्राउ परेका थिए ।

उनलाई कठिन जेल याताना दिई २०३५ साल माघ २६ गोली हानी हत्या तत्कालिन राज्यले मृत्यु दण्डको सजाय दिएको बतइन्छ ।

उनको हत्या र योगदानको विषयमा धनकुटा सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले जानकारी दिएका छन । बिराटनगरमा भएको उक्त बम काण्ड घटना स्थलमानै उनको निधन भएको थियो ।

श्रेष्ठलाई घाईते अवस्थामा पक्राउ गरी पाँच बर्षसम्म कठोर जेल यातना दिई मृत्यु दण्डको सजाय दिईएकोले अन्य दुई जना समेतलाई केही बर्षअघि सरकारले राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको नेपाली कांग्रेस धनकुटका सचिव राईले वताएका छन ।