विपन्न परिवारकी रेनुका परियारलाई सांग्रिला बैंकद्धारा आर्थिक सहयोग

बालिकाको पढाईमा योगदान पुग्ने विश्वास

मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमबाट सामाजिक सहयोगमा समेत आफ्नो भुमिका निर्वाह गर्दै आएको देखिन्छ ।

बैंकले पछिल्लो पटक एक विपन्न परिवारकी बालिकालाई अध्ययनका लागि आर्थिक सहायता गरेको छ ।

मुस्ताङ घरपोजङ गांउपालिका वडा नं. ३ स्थित जनकल्याण आधारभुत विद्यालयमा अध्ययनरत कक्षा २ की छात्रा रेनुका परियारलाई बैंकले अध्ययनका लागि त्यस्तो सहयोग प्रदान गरेको हो ।

उनको पढाईको लागि बैंकले जोमसोम स्थिित शाखाबाट सहयोग गरेको जनाउँदै बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हिजो एक विज्ञप्ति समेत सार्वजनिक गरेका छन ।

उक्त विज्ञप्ति अनुसार विपन्न परिवारमा जन्मिएकी रेनु पढाईमा अब्बल तथा जेहेन्दार रहेकी तर शारिरिक अपाङ्गता र आर्थिक स्थिति कमजोर भएकोले पढाईमा निरन्तरता दिन कठिन भएकाले बैंकले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उनको पढाईमा त्यस सहयोगले ठूलो योगदान पु¥याउने विश्वास बैंकले लिएको छ । जोमसोम अवस्थित सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयका शाखा प्रमुख राजिब पौडेलले बालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मालाई उक्त चेक हस्तान्तरण गरेका छन ।