ठूलो परिणाममा लागुऔषधसहित यसरी पक्राउ परे यि युवाहरु…..

थप अनुसन्धान भईरहेको प्रहरीको भनाई

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका ३ बाट नेपाल प्रहरीले दुई जनालाई ठूलो परिणामा लागुऔषध सहित पक्राउ गरेको छ ।

झाझपट्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिरहाको लहान नगरपालिका २ बस्ने २५ बर्षिय मोहम्मद छटु मिया र सोही ठाउँका २३ बर्षिय मोहम्मद अमिर मिया रहेका छ्न ।

उनीहरुको साथबाट डाइ जील्याव ५५ पिस, फेनरागन ५५ पिस, र नोफिन ५५ पिस प्रतिबन्धित लागुऔषध प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको बताइएको छ ।

त्यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि अपिलराज वोहराले बताएका छन ।