ड्राइभिङ सिक्न चाहनेहरुका लागि खुशीको खबर ! हेर्नुहोस्, सेवा वितरणबारे भयो यस्तो सम्झौता

ग्राहक सेवामा एनआईसी एशिया बैंक

ललितपुर । एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रालि ललितपुरबीच सेवा वितरणबारे महत्वपूर्ण सम्झौता भएको छ । बैंक र ड्राइभिङ स्कुलबीच हिजो दुईपक्षिय हितका विषयहरु समेटेर सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा QR पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान हुने भएको छ ।

उक्त सम्झौताको विषयमा जानकारी दिदै बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञप्ति समेत जारी गरेका छन ।

उनका अनुसार QR पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशिया बैंकको मोबाइल एप मार्फत् QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिने छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवाले र सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेकजंग थापाले हस्ताक्षर गरेका छन ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताइएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।