पोखरीमा डुबेर तीन बर्षे बालकको मृत्यू

शवको पोष्ट मार्टम गरिदैँ

सिरहा । आज बिहान सिरहाको औरही गाउँपालिका ५ स्थित पोखरीमा डुबेर एक बालकको मृत्यू भएको छ ।

उक्त पोखरीमा डुबेर औरही गाउँपालिका ५ का भरत यादबका करिब तीन बर्षिय छोरा अंशु यादबको डुबेर मृत्यू भएको हो ।

मृतक बालकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहा लगिएको स्थानीबाट बुझिएको छ । उक्त घटनाको विषयमा थप कुराहरु खुल्न सकेको छैन । फाइल तस्बिर