दुई दिने पत्रकार अभिमुखिकरण तालिम सम्पन्न

मडिया काउन्सिल विधेयकको विरोध

धनकुटा । धनकुटाको पर्यटकीय स्थल भेडेटारमा दुई दिने पत्रकार अभिमुखिकरण तालिम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन सुनसरी शाखाको आयोजना र इनरुवा नगरपालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो ।

तालिमको समापनगर्दै नेपाली कांग्रेस १ नम्वर प्रदेश सभाका संसदीयदलका नेता राजिव कोईरालाले प्रेस स्वतन्त्रता र लोकतन्त्र एक अर्काको परिपुरक भएको वताए । तालिमको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गरेका थिए ।

तालिममा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, नेपालपत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेल, नेपाल प्रेस युनियनका प्रदेश नम्वर १ का संयोजक लिला बल्लभ घिमिरेले लगायतले सहजिकरण गरेका थिए ।

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धनवहादुर पुरीको अध्यक्षतमा संचालन भएको पत्रकार अभिमुखिकरण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, पूर्व अध्यक्ष कृष्ण अधिकारी लगायतले मन्तव्य व्यक्त गर्दै प्रस्तावीत मिडिया काउन्सिल विधेयकलाई परिमार्जन नगरी पास गरे प्रेस स्वतन्त्रता कायम हुन नसक्ने बताए ।

पत्रकारहरुले प्रेस स्वतन्ता र आफ्नो क्षमता अभिवृद्धीका लागी अभियान संचालन गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस युनियन सुनसरीका उपाध्यक्ष संजिव वाग्लेले गरेका थिए ।

त्यस्तै कार्यक्रमको संचालन सहसचिव उषाकिरण घिमिरेले गरेका थिए । उक्त अभिमुखिकरण कार्यक्रममा ३५ जना क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।