कोईरालाको ९६ औं जन्मजयन्तीमा श्रद्धाञ्जली सभाः ‘शान्ति तथा कान्ति नायक’ को रुपमा सम्मान

दर्जनौं संघ, संगठन र कांग्रेसजनको उपस्थिति

धनकुटा । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस धनकुटका उपसभापति नविनकिशोर शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेता कोईरालालाई ‘शान्ति तथा कान्तिका नायक’ का रुपमा सम्झना गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु रविन्द्र नेपाली, विष्णु पौडेल, क्षेत्र नं. २ का कोषाध्यक्ष लोकमणी घिमिरे लगायत तथा नेपाली कांग्रेस धनकुटका नेता, कार्यकर्ताहरुले कोईरालाको तस्विरमा फुलमाला लगाई श्रद्धाञ्जली व्यक्तगरेका थिए ।

नेपाली कांग्रेस र भात संगठनहरुका साथै शुवेच्छुक संस्थाहरुले समेत उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । स्वर्गीय नेता कोईरालाको जन्मजयन्तीको अवसरमा उक्त श्रद्धाञ्जली कार्यक्रम मनाईएको थियो ।