लहानमा घट्यो पत्याउनै नसकिने घटनाः १४ बर्षे बालकद्धारा ९ महिने दुधे बालिका बलात्कृत

बलात्कारको आरोपमा बालक पक्राउः अवस्था चिन्ताजनक

सिरहा । लहान नगरपालिका २४ मा ९ महिने एक दुधे बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कारको आरोपमा सोही स्थानका १४ बर्षीय बालक पक्राउ परेका छन् ।

लहान प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर उनले बालिकालाई बलात्कारको प्रयास गरेका थिए । घरका मानिसहरु काम गर्न खेतमा गएको समयमा उक्त घटना घटेको हो।

मात्र ९ महिनाकी दुधे बालिका बलात्कार भएको खबर बाहिरीएपछि त्यो विषय यतिबेला सिरहामा निक्कै चर्चामा रहेको छ । कतिपयले पत्याउनै नसकिने घटना भएको भन्दै आश्चार्यजन भएको टिप्पणी समेत गरेका छन ।

घटनाबारे जानकारी पाए लगत्तै बलात्कृत बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि घटना बाहिरीएको हो । बलात्कृत बालिकाको अवस्था गम्भिर रहेको बताइएको छ ।

बालिकालाई अत्यधिक रक्तस्राब भएको र अहिले अस्पतालमा पठाइएको प्रहरीबाट बुझिएको छ ।

बालिकाको स्वास्थ्य परिक्षण पछिमात्र स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी आउने र्इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले बताए ।

स्वास्थ्य परिक्षण रिपोर्ट नआउँदासम्म त्यसलाई बलात्कार भन्ने वा बलात्कारको प्रयास भन्ने प्रष्ट हुन नसकेपछि बालिकाको अवस्था चिन्ताजनक देखिएको बताइएको छ । घटनाको थप विवरण आउँन अझै बाँकी छ ।