सडक भासिएर अछाममा बस दुर्घटनाः १८ घाइते, दुई गम्भीर

घाईतेहरुको बयलपाटामा उपचार हुँदैं

अछाम । महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको बस अछामको साँफेबगरमा पर्ने झकालेमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

बिपरित दिशातर्फबाट आउदै गरेको गाडीलाई साइड दिन खोज्दा सडक भासिएर पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले दुर्घटनाका विषयमा हरपलसँग कुराकानी गर्दै मानविय क्षति नभएपनि दुई जना घाईतेको अवस्था गम्भिर रहेको बताएका छन ।

प्रहरी श्रोतका अनुसार घाइतेहरुको न्याय हेल्थ नेपाल बयलपाटामा उपचार भइरहेको छ । दुई जना बाहेक अन्य घाईतेको अवस्था सामान्य रहेको बुझिएको छ ।

घाइते मध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका १ का १८ वर्षीय पदम कुमाल र बाँकेको कोहलपुर चप्परगौडीका १५ वर्षीय प्रसान्त धितालको अवस्था चिन्ताजनक रहेको र उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ बताइएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा अछामको चौरपाटी गाउँपालिका ७ की ३१ वर्षीया गंगादेबी बोगटी, सोही ठाउँका ३७ वर्षीय वीरेन्द्र बोगटी, साँफेबगर नगरपालिका २ का ७६ वर्षीय भोजराज रेग्मी, मेल्लेख गाउँपालिका ४ का २२ वर्षीय जहरी साउँद, सोही ठाउँका २२ वर्षीय खगेन्द्र साउँद रहेका छन् ।

प्रहरीका अनुसार उक्त घटनाबाट घाईते हुनेहरुको नाम विवरण यस्तो रहेको छ । घाईतेको उपचार भैरहेको बताइएको छ । फाइल तस्बिर

१) बाजुराको बुढीगंगा नागरपालिका ८ का ३५ वर्षीय गोपालबहादुर रावल
२) भिमदत्त नगरपालिका ६ कञ्चनपुरका २४ वर्षीय निराजन शाह
३) बाजुराको छेडेदह गाउँपालिका ४ का ३७ वर्षीय लालबहादुर धामी
४) छेडेदह गाउँपालिका १ का ३० वर्षीय बिरबहादुर रावल
५) बाजुराको स्वामीकार्तिक गाउँपालिका १ का १८ वर्षीय योगेश कुमाल
६) हुम्लाको गोठी गाउँपालिका ५ का २४ वर्षीय गजेन्द्र शाही
७) मुगुका धनराज योगी
८) मुगुका पदम योगी
९) मुगुकै दिपेन्द्र योगी लगायत….