हावाहुरी पीडितको पुनःस्थापनामा एनआईसी एशिया बैंक: दुई लाख सहयोग हस्तान्तरण

सममाजिक उत्तरदायित्व सहितको बैंकिङ सुविधा विस्तार

कञ्चनपुर । एनआईसि एशिया बैंकले कैलाली, कञ्चनपुर लगायतका जिल्लामा हावाहुरीका कारण पीडित बनेका परिवारको पुनस्र्थापनाको लागि आर्थिक सहयोग गरेको छ ।

बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाई समाजमा योगदान गर्ने नीति अनुसार उक्त सहयोग गरिएको हो ।

पछिल्लो समय एनआईसि एशिया बैंक जनसेवामा समेत जोडिएर आफ्नो बैंकिङ सुविधा बढाउँदै गएको छ ।

सामाजिक सहयोगको कार्यक्रम अनुसार बैंकले जेष्ठ २३ गते आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा पुर्याएको क्षतिप्रति दुुःख व्यक्त गर्दै सो घटनाबाट पीडित परिवारको पुनस्र्थापनाका लागि धनगढी उप–महानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको बुझिएको छ ।

उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरेको बैंकका सूचना अधिकृत अर्जुन राज खनियाले हिजो एक विज्ञप्ति जारी गर्दै जनाएका छन ।

उक्त सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । त्यस्तो किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने धनगढी उप–महानगरपालिकाका प्रमुख ओडले विश्वास व्यक्त गरेका छन ।

एनआईसी एशिया बैंकले गरेको उक्त सहयोगले त्यस क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान हुँदै आएका छन ।

उक्त बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको भन्दै करिब १६ लाख ग्राहक महानुभावहरूका एनआईसि बैंक सञ्चालनमा रहेको र बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बताइएको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई उक्त बैंकले पालना गर्दै आएको बताइएको छ । पछिल्लो समयमा बैंकले ग्रामिण क्षेत्रमा शाखा विस्तार र शाखारहित बैंकिङ  सेवामा जोड दिएको देखिन्छ ।