सूदुरपूर्वका तिन महिला पत्रकारहरु सम्मानितः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष जरुरी

अधिकारको आन्दोलनमा एकजुट हुनुपर्नेमा जोड

धनकुटा । सूदुरपूर्वमा रहेर लामो समयदेखि सामाजिक रुपान्तरणका पक्षमा कलम चलाउँदै आएका तीन जना महिला पत्रकारहरु सम्मानीत भएका छन ।

नेपाल पत्रकार महासंको १ नम्वर प्रदेश स्तरीय महिला भेला कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । सम्मानीत हुनेमा सुनसरीका गंगा वराल, मोरङ्गका ललिता भट्टराई र झापाका इन्दु पूर्वेली रहेका छन् ।

धनकुटको पाख्रिवासमा सम्पन्न महिला पत्रकारहरुको प्रदेश स्तरिय भेलाको उद्घाटन प्रतिनिधि सभाका उपसभामुख डा.शिवमाया तुम्वाफाम्फेले गरिन । उनले महिला मुक्ति र अधिकारको आन्दोलन अझै नसकिएको बताउदै महिला अधिकारको आन्दोलनका लागी सवै एक भएर अभियान संचालन गर्नुपनमा जोड दिइन।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु उद्धम तिमिल्सैना, सटेन्द्र जवेगु, धनकुटका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की लगायतले प्रेस स्तवन्त्रता र अभिव्यक्ति स्वतन्त्रा कायम भए मात्र लोकतन्त्रको संरक्षण र संबद्धन हुने बताएका थिए ।

कार्यक्रममा पाख्रिवास नगरपालिकाका उपप्रमुख देवकला तिमिल्सैना, नेपाल प्रेस युनियनका कन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई, प्रेस संगठनका १ नम्बर प्रदेश संयोजक लिलाराज भट्टराई लगायतको उपस्थििति रहेको थियो ।

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका अध्यक्ष विक्रम लुईटेलको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन महासचिव विवेक गौतमलेगरेका थिए भने स्वागत मन्तव्य धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले गरेका थिए ।

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्यसमितिको तर्फबाट संघिय संसदका उपसभामुख तुम्वाहाम्फे, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष पोखरेल, राष्टिय सूचना आयोगका आयुक्त तिम्सिना, नेपाल पत्रकार महासंघका १ नम्वर प्रदेश अध्यक्ष लुईटेल लगायतले दोसल्ला, सम्मान पत्र सहित पूर्वका वरिष्ठ महिला पत्रकारहरुलाई सम्मान गरेका थिए ।