हुम्लाको सिमकोटमा साँग्रिला डेभलपमेन्ट बैैंकको नयाँ शाखा सञ्चालनमा

स्थानीय जनताको आर्थिक स्तर बृद्घि हुने विश्वास

हुम्ला । हुम्लामा साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गरेको छ । ग्रामिण क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्ने योजना अन्तर्गत बैंकले यहि १६ गते हुम्लाको सिमकोट गाउँपालिकाको कालिचोकमा आफनो नयाँ शाखा विस्तार गरेको हो ।

विभिन्न ग्रामिण क्षेत्रमा नयाँ शाखा विस्तार गर्दै आर्थिक कारोवारमा नागरिकलाई सहज बनाउने उद्देश्यमा साँग्रिला बैंक अघि बढेको भन्दै बैंकका सहायक महाप्रबन्धक रजित मास्केले एक विज्ञप्ति समेत जारी गरेका छन ।

थपिएको नयाँ शाखासहित अब बैंकको कुल शाखा संख्या ८६ पुगेको र थप ५ स्थानहरुमा नयाँ शाखाहरु शुचारु गनेृ तयारी भैरहेको बैंकले जनाएको छ । उक्त नयाँ शाखा कार्यालयको विधिवत रुपमा बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँपालीकाका अध्यक्ष पदम बहादुर लामाले सयूक्त रुपमा उदघाटन गरेका हुन ।

उक्त कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवं हुम्ला जिल्लाका न्यायाधिश केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना लगायत बिभिन्न सरकारी निकायका प्रमुख, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

बैंकका क्षेत्रिय प्रबन्धक जयन्द्र खडकाले कार्यक्रममा स्वागत मन्तव्य एवं बैंकको बारेमा संक्षिप्त जानकारी राखेका थिए भने उधोग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङले आफ्नो मन्तव्य राख्दैं हुम्ला जिल्लामा विकास बैंकको आवश्यकता रहेको र यसबाट सम्पुर्ण हुम्लाबासिको बैंकिङ्ग पहुचमा मद्दत मिल्ने बताएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकायाले बैंकलाई हुम्लाबासिको साथ रहने जानकारी गराउँदैं बैंकलाई जिल्लामा स्वागत गरे । कार्यक्रममा आफ्नो मन्तव्य राख्दैैं हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बैंक संचालन भएकोमा खुशि व्यक्तगरें ।

उनले बैंकले ग्राहकको मन जितेर कारोबार गर्नुपर्ने, सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने व्यहोरा जानकारी गराउँदैं बैंकको प्रगतीको कामना समेत गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथी तथा सिमकोट गाउँपालीकाका प्रमुख लामाले बैंकलाई सिमकोट बासिले स्वागत गरेको र यसका सेवा सुविधाहरुले समेत यस गाउँपालिकाको आर्थिक विकासका मद्दत पुग्ने भएकाले बैंकलाई सहयोग गर्न तत्पर रहेको बताए ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष प्रसाईले बैंकले त्यस जिल्लामा यसअघि समेत कर्जा लगानी गरिसकेको र जिल्लामा संकलन भएको सम्पुर्ण निक्षेप त्यहि क्षेत्रमा लगानी गरीने व्यहोरा जानकारी गराउँदै बचत गर्ने बाँनी बसाल्नु आवश्यकता रहेको बताए ।

उनले आफ्नो बैंकले घरदैंलो एवं नेपाल सरकारको खौंलौै खाता अभियानलाई जिल्लामा पनि जारी राख्ने जानकारी गराउँदैं कर्णाली अञ्चलको अत्यन्त रमणिय क्षेत्रमा शाखा खोल्न पाउँदा खुशि लागेको बताए ।

उनले त्यस शाखाले हुम्ली जनताको आर्थिक स्तर बृद्घिका लागी अहम भुमीका खेल्ने विश्वास व्यक्त गरें ।