एक दिने निशुल्क आँखा शिविर सम्पन्नः १८४ जनाले जाँच गराए

४७ जना मोतियाविन्दुका बिरामी भेटिए

सिरहा । सिरहामा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । उक्त शिविर धनगढीमाई नगरपालिका तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा एकीकृत विकास केन्द्र भवानीपुरको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।

शिविरमा १८४ जनाले निःशुल्क आँखा जाँच गराएका छन् । धनगढीमाईनगरपालिका– २ भवानीपुरमा आयोजना भएको सो शिविरमा ४७ जना मोतियाविन्दुका बिरामी फेला परेको कार्यक्रम संयोजक कपलेश्वर साहले बताएका छ्न ।

मोतियाविन्दु फेला परेका बिरामीलाई उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लहानमा लगिएको छ ।

शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. राजकुमार यादव, अविनाश चौधरी, वीरेन्द्र साह लगायतको सहभागिता थियो ।