बगरमा युवतीको शव भेटियोः गाडीले ठक्कर दिएको आशंका

स्थानीयवासीहरु आक्रोशित

बझाङ । बुङ्गल नगरपालिका खोचेगाडाको तारका बगरमा एक युवतीको शव भेटिएको छ । बुङ्गल नगरपालिका–२ की ललिताकुमारी धामीको शव भेटिएको हो ।

सोमबार साँझ गाउँकै साथीको घरमा जान्छु भनेर गएकी धामीको शव आज बिहान बुङ्गलको खोचेगाडाको बगरमा भेटिएको हो ।

धामी महेन्द्र उच्च माविमा १२ कक्षामा पढिरहेकी थिइन् । शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

गाडिले ठक्कर दिएको हुनसक्ने भन्दै आक्रोशित स्थानीयवासीले दुई वटा टिप्परमा आगजनी समेत गरेको बुझिएको छ । रासस