बझाङमा सर्पदंशबाट एक युवकको मृत्यु

बझाङ । बझाङको मस्टा गाउँपालिका–१ घर भएको बुङ्गल नगरपालिकामा एक युवकको सर्पदंशबाट मृत्यु भएको छ ।

आफ्नो दिदीलाई घर पुर्याएर फर्कने क्रममा केदारस्यू गाउँपालिकाको देउरा बजारस्थित अरुण होटेलमा सुतिरहेको अवस्थामा सर्पले डस्दा उनको मृत्यु भएको हो ।

१९ वर्षीय पवन रोकायाको दायाँ कानमा सर्पले डस्दा मृत्यु भएको बताइएको छ । जिल्ला अस्पताल सिमखेतमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

यसैबीच नेपाली सेनाका एक जवानलाई समेत हालै सर्पले डसेको र उनको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ । रासस