लहानमा भयानक दुर्घटनाः ३ को मृत्यु, दर्जन बढी घाईते, एकको अवस्था गम्भीर

घाईतेहरुको लहानमा उपचार हुँदै

सिरहा । पुर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको लहान नगरपालिका ११ पडरिया चौकमा आज अपरान्ह ट्रकले म्याजिक भ्यानलाई पछाडीबाट ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने म्याजिकमा सवार करिब एक दर्जन यात्रीहरु घाईते भएका छन ।

घाइते मध्ये एकजनाको अवस्था निकै गम्भीर रहेको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेको बेला सोही दिशाबाट जाँदै गरेको ना. ८ ख २४१५ नम्बरको ट्रकले दिउँस १ बजेतिर पछाडीबाट ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो।

दुर्घटनाबाट मृत्यु हुनेहरुमा सिरहाको गोलबजार नगरपालिका ९ पुरानो चोहर्वाका ४० बर्षीय गणपति महरा, बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले हरपलकर्मिसँग बताएका छ्न।

घाईतेहरुको लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल र केहीको अन्य निजी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी काकार्यालय लहानले बताएको छ्न।