प्रहरी र विप्लव समूहबीच संखुवासभामा दोहोरो फायरिङः घटना स्थलमा थप सुरक्षाकर्मि परिचालन

प्रहरी गस्ती जारीः बढ्दो सुरक्षा चुनौती

संखुवासभा । आज बिहान संखुवासभामा नेपाल प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच दोहोरो फायरिङ्ग भएको छ ।

जीलाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङला भन्ने स्थानमा दुई पक्षबीच एक्कासी जम्काभेट भेएपछि बिहान करिब साढे नैं बजेतिर दोहोरो गोली चलेको हो ।

प्रहरी श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीमाथि विप्लव समूहले पहिलो फायर गरेपछि प्रहरी समेत जवाफि फायर गरेको थियो ।

दुई पक्षबीच केहीबेर दोहोरो फायरिङ भएको र केही समेपछि विप्लव समूह जंगलतिर भागेको प्रहरी श्रोतबाट खुल्न आएको छ ।

प्रहरी निरीक्षकको नेतृत्वमा गएको उक्त टोलिमा सात जना नेपाल प्रहरीका र १० जना सशस्त्र प्रहरीका गरी १७ जना सुरक्षाकर्मि रहेको बुझिएको छ । दुईपक्षबिच गोली चलेपनि मानबिय क्षेति भने नभएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपि मिम लामाले हरपल नेपालसँग घटनाको विषयमा कुराकानी गर्दै भने–‘केही समयदेखि हामी ग्रामिण क्षेत्रमा गस्ती बढाउँदै गएका छौं, विप्लव समूहको गतिविधिलाई अध्यन गर्ने क्रममा गएको उक्त टोलि माथि फायर भएको हो । थप विवरण आउन बाँकी नै छ ।’

डिएसपि लामाका अनुसार गोली चलेको स्थान सदरमुकाम खाँदबारीदेखी एक दिनको पैदल दुरीमा पर्छ । त्यहाँ जिल्लाबाट थप सुरक्षाकर्मि परिचालन गरिएको बताइएको छ ।

लामो गस्तीमा निस्केको सुरक्षाकर्मीको टोलीमाथि विप्लव समूहले गोली चलाएपछि स्थानीयवासीहरु आतंकित भएको बुझिएको छ । तर त्यहाँ कुनै अप्रिय घटना भने भएको छैन।

त्यसो त गत जेठमा पनि विप्लव समूहले सोलुखुम्बुको एक ग्रामीण क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको समाचार आएको थियो । त्यसयता प्रहरीले समेत पूवि क्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाई गर्दै आएको देखिन्छ ।

विप्लव समूहले पूर्वी नेपालका पहाडि क्षेत्रमा आफ्नो गतिविधि बढाइरहेको र सैनीक अभ्यासहरु समेत चलाएको अनुमान गरिएको प्रहरी श्रोत बताउँछ । त्यस क्षेत्रमा व्यपाक प्रहरी परिचालन गरिएको बताइएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपाले ध्यवसात्मक गतिविधि बढाएको भन्दै गएको फागुन २८ गते प्रतिबन्ध लगाएपछि सबै सुरक्षा नियकाहरु विप्लवका नेता, कार्यकर्ता र गतिविधिको अनुसन्धानमा लागेको भएपनि उक्त समूहले आफ्नो कार्यक्रम बढाउँदै गएको देखिन्छ ।