आर्थिक कान्तिको नेतृत्व मजदुरहरुले गर्नुपर्नेमा जोडः राजनैतिक परिवर्तन प्रमुख मुद्धा

ट्रेड युनियन कांग्रेसद्धारा क्षमता विकास तालिम आयोजना

धनकुटा । राजनैतिक परिवर्तनको लागी नेतृत्व गरेको नेपालको मजदुर आन्दोलनले अव मुलुकमा भैरहेको आर्थिक कान्तिको पनि नेतृत्व गर्नुपर्नेमा जोडदिदैँ नेपाल ट्रेड युनियन कांग्रेसको प्रदेश कार्य समितिको बैठक तथा क्षमता विकास तालिम धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।

धनकुटको पर्यटकीय स्थल भेडेटारमा हिजो भएको क्षमता विकास तालिममा नेपाल ट्रेड युनियन कांग्रेसका १ नम्वर प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले त्यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सचिव तथा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि विजय सन्तोषी राई, उदयपुरका अध्यक्ष केदार कटुवाल लगाएतले समेत आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका वकताहरुले श्रम शक्तिनै राष्ट्रको शक्ति भएको वताउएका थिए । उनीहरुले मुलुकको राजनैतिक परिवर्तनमा श्रमीकहरुले नेतृत्व गरेकोले अव आर्थिक कान्तिको समेत नेतृत्व गर्नु पर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खाको अध्यक्षतामा भएको उक्त तालिममा १ प्रदेश प्रदेशका अध्यक्ष कार्कीले सार्वजानिक सेवा क्षेत्रको विषयमा र नेपाल ट्रेड युनियन कांग्रेस मोरङ्ग अध्यक्ष सुशिल कोईरालाले श्रम ऐनको वारेमा सहजीकरण गरेका थिए भने कार्यक्रमको संचालन नेपाल ट्रेड युनियन कांग्रेस १ नम्वर प्रदेशका कोषाध्यक्ष मुराली आर्चायले गरेका थिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका १ नम्वर प्रदेशका उपाध्यक्ष पंक्षी वाईबा, सहसचिव सुमन अधिकारी, प्रदेश महिला समितिका संयोजक सुनिता घिमिरे, झापाका अध्यक्ष यज्ञप्रताव अधिकारी, संखुवासभाका अध्यक्ष रितेश लिम्बु, नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका अर्थ महासचिव राम कुमारी भण्डारी, धनकुटाका जिल्ला अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु,सहसचिव भोला भट्राई लागएतले समेत अफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेस धनकुटका वरिष्ठ उपाध्यक्ष कुल प्रसाद दाहाल, महिला उपाध्यक्ष रेविका वराल, सचिव झमक कटुवाल, सहसचिव दिपकला तामाङ्ग, दामोदर सुवेदी, नेपाल शिक्षक संघ धनकुटका पूर्व सचिव घनेन्द्र सुब्बा, सदस्यहरु बिनोद सुवेदी, हरी नारायण शाह, इश्वरी सुवेदी, कमल लिम्बु, लगायतले समेत श्रमको सवैले सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी ट्रेड युनियन कांग्रेसका १ नम्वर प्रदेशका अध्यक्ष कार्कीको अध्यक्षतामा भेडेटारमा भएको बैठकले नेपाल ट्रेड युनियन कांग्रेसलाई अझ सशक्त बनाउदै विभिन्न कार्यक्रमहरु संचालन गर्ने लगायतका महत्वपूर्ण विभिन्न निर्णयहरु गरेको बुझिएको छ ।