स्कर्पियो दुर्घटनाबाट सात घाईते: दुईको अवस्था गम्भिर

घाइतेको भरतपुरमा उपचार हुँदै

सर्लाही । आज बिहान सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जमा स्कर्पियो दुर्घटनाबाट सात जना घाईते भएका छन् ।

बीआर ०६ पी ई २७३९ नम्वरको स्कर्पियो दुर्घटनामा परेको हो । उक्त गाडी जब्दीबाट मेजरगञ्जतर्फ गैरहेको थियो ।

दुर्घटनाबाट घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि भरतपुर लगिएको छ ।

प्रहरीका अनुसार गम्भिर घाईते हुनेमा २८ वर्षीय रामनाथ चौधरी र ३२ वर्षीय सुमन चौधरी रहेका छन ।

प्रहरीका अनुसार अन्य घाईतेहरुमा स्कर्पियो चालक ३६ वर्षीय श्याम चौधरी, ३७ वर्षीय योगेन्द्र चौधरी, ३३ वर्षीय जीतेन्द्र चौधरी, ३५ वर्षीय दीपनारायण चौधरी र १३ वर्षीय मानबहादुर चौधरी रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

विवाहमा गएर फर्किदै गर्दा स्कर्पियो तीव्र गतिका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।