सिरहामा करेन्ट लागेर एक जना युवकको मृत्यु

मृतकलाई पोस्टमार्टम हुँदै

सिरहा । सिरहाको बरियारपटटि गाउँपालिका ५ मा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

आफ्नै खेतमा बिहान ५ बजेतिर पानी लगाउने क्रममा उनको बिजुलीको तार सट भएर मृत्यु भएको बुझिएको छ ।

करेन्ट लागेर बरियारपट्टि गाउँपालिका ५ का १७ बर्षिय ध्रुव भनिने ध्रुव कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकलाई पोस्टमार्टमको लागि लहान स्थित अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिल राज बोहराले बताएका छ्न।