दोश्रो उपमेयर कप क्रिकेट प्रतियोगिता शनिवार देखी कोहलपुरमा हुदै

कोहलपुर नगर क्षेत्र भित्रका ७ वटा निजी तथा सामुदायिक बिद्यालयको सहभागिता

बाँके । बाँकेको कोहलपुरमा शनिबार देखी दोस्रो उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।

गत वर्षदेखि सुरु भएको उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत असार १४ गते शनिवार बाट दोस्रो संकरणका खेलहरु संचालन हुने भएका हुन ।

असार १४ देखि २१ गतेसम्म संचालन गरिने प्रतियोगितामा कोहलपुर नगर क्षेत्र भित्रका ७ वटा सामुदायिक तथा निजि विद्यालयले सहभागीता जनाएको प्रतियोगिता निर्देशक लेख बहादुर क्षेत्रीले जानकारी दिए ।

कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक लेदर बलको प्रयोग गरेर छात्रा क्रिकेट प्रतियोगिता संचालन गर्न लागिएको क्षेत्रीले बताए ।

गत वर्ष देशभरमै पहिलो पटक उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता गरेको कोहलपुर नगरपालिकाले त्यसैलाई निरन्तरता दिदैं यस वर्षपनि प्रतियोगिता सञ्चालन गर्न गई रहेको कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले जानकारी दिईन ।

कोहलपुर नगरपालिकाको अयोजना तथा मध्यपश्चिम क्रिकेट क्लवको ब्यवस्थापनमा सञ्चालन गरिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाउदै प्रतियोगिताको बिजेता तथा उपविजेता टिमले क्रमशः २१ र ११ हजार नगद तथा ट्रफी प्राप्त गर्ने छन ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको प्रतियोगिता ब्यवस्थापक क्लवका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

यसैबिच शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको थियो भने प्रतियोगितामा सहभागी विद्यालयका प्रतिनिधिहरुको रोहवरमा खेल तालिक सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार लक्ष्मी मा.वि.कोहलपुर र सगरमाथा ज्ञान पुञ्ज बिच उद्घाटन खेल हुने भएको छ । शनिबार बिहान ७ बजे बाट खेल सुरु गरिने प्रतियोगिता निर्देशक लेख बहादुर क्षेत्रीले हरपल नेपालसंगको कुराकानीको क्रममा बताए ।