एनआईसी एशिया बैंक र नारायणी वयोधा अस्पतालबीच यस्तो भयो सम्झौता

उपचार गराउँदा १० प्रतिशत सम्मको छुट

पर्सा । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गको सुविधालाई ख्याल गर्दै एक सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा हिजो बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब बैंकका ग्राहकले नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा लिन सकिने भएको छ ।

सम्झौताको विषयमा जानकारी गराउँदै बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञीित समेत सार्वजनिक गरेका छन । उनले बैकले ग्राहकको सेवामा ध्यान दिइएको बताएका छन ।

एनआइसि बैंक आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताइएको छ ।

बैंकले करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको र प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बताएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई उक्त बैंकले पालना गर्दै आएको बताइएको छ ।