सभासद के.सीद्वारा ढुवान क्षेत्रको अवलोकन

सन्धी बिपरितका सडक

बाँके । गत शनिवार मध्यराती देखी सुरु भै आइतवारसम्म भएको बर्षातका कारण बाँकेको नरैनापुरमा आएको बाढीका कारण डुवानमा परेको केही गाउको स्थलगत अवलोकनका लागि प्रदेश सभामा निर्वाचित सांंसद कृष्णा के.सी नमुनाले मंगलबार सो क्षेत्रको स्थलगत अवलोकन गरेकी छन् ।

भारतले सीमाको दशगजामा नै पानीको प्राकृतिक बहाव रोकेर बनाएको सडक बाँधको कारण गत आइतबार परेको अविरल वर्षातको कारण आएको बाढीले डुवानमा परेको महतनिया, रोशनपुरवा मुन्सीपुरवा, लगायतका दर्जनौ गाउहरु डुबानमा परेको थिए ।

सीमा क्षेत्रमा भारतले प्राकृतिक बहाव तथा चुरे खहरेबाट आउने बहावलाई नै रोकेर बनाएको अन्तराष्ट्रिय सन्धी बिपरितका सडक बाँधका कारण नरैनापुरका दर्जनौ गाउमा पानी पसेर डुवान भएको हो ।

उनीहरुको खानेकुरा तथा दैनिक जीवनयापन अत्यन्तै दयनिय र कठिन भएको छ ।’ सांसद केसीले बताइन ।

सांसद केसीले अगाडी थप्दै भनिन आफुले नरैनापुरको बाढी समस्याको बारेमा सदनमा पनि कुरा उठाएको बताउदै बाँध रुपी सीमामा भारतले बनाएको सडक हटाउन केन्द्र सरकारले पनि कुटनीतिक पहल गर्न माग समेत गरेकी बताइन ।

बाढीका कारण स्थानीयको घर भत्कनुको साथै खानेकुरा लत्ताकपडा बगेको कारण वर्षात र गर्मीको बेलामा सुरक्षित बास तथा पिउने पानीसमेतको अभाव देखिएको छ । निमाणाधिन रहेको हुलाकी सडकसमेत बाढीले बगाएको छ ।

प्रदेश सांसद नमुनाले नरैनापुरका बाढी पीडितकालागि राज्यका तर्फबाट उनीहरुलाई सुरक्षित बासको पहल गर्न आवश्यक देखिएकोले प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय तहले ठोस योजना ल्याई हातेमालो गर्दै अगाडी बढ्नु पर्ने सांसद केसीको भनाई रहेको थियो ।