भेरी अञ्चल अस्पतालमा अत्याधुनिक बिरामी भर्ना कक्षको निर्माण शुरु

बाँके । नेपालगञ्जको भेरी अस्पताल परिसरमा अत्याधुनिक बिरामी भर्ना कक्षको भवन निर्माण कार्य शुरु भएको छ ।

शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा संघीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जले सो ब्लकको भवन निर्माण शुरु गरेको हो ।

तीन वर्षभित्र निर्माण सक्ने समयसीमा तोकिएको भवन निर्माणका लागि झण्डै ३८ करोड रुपैया विनियोजन गरिएको अस्पतालका प्रमुख डा.रुपानन्द अधिकारीले जानकारी दिए ।

यसैबीच नेपालगञ्ज उपमहानगरपालिका–२३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ६५ लाख ९८ हजारको लागतमा भवन निर्माण भएको हो ।

उक्त स्वास्थ्य केन्द्रबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्श लगायतका सेवा शुरु गरिएको नगर प्रमुख डा धवल शम्शेर राणाले हरपल नेपालसंगको कुराकानीको क्रममा बताए ।