सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको दशौं स्थापना दिवसः क्यापसमा दिप प्रज्वोलन

गुणस्तरयुक्त शिक्षामा जोड

कञ्चनपुर । सुदुरपश्चिमाञ्चल विश्वविद्यालको दशौं स्थापना दिवसको अवशरमा आज केन्द्रीय क्यापसमा दिपप्रज्वोलन गरिएको छ ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थिहरुको संयुक्त आयोजनामा विश्वविद्यालयमा सँध्याकालीन दिप प्रज्वोलन गरिएको हो ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल भुपेन्द्र बिष्टले विश्वविद्यालय स्थापनाकालको १० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा दिप प्रज्वलन गरिएको जानकारी दिएका छन ।

उनले दिपप्रज्वलनसँगै वृक्षारोपण समेत गरिएको जानकारी दिएका छन् । उनले विगतका कमिकमजोरीहरुलाई सच्याउदै आगामिदिनमा विश्वविद्यालयको शैक्षीक, प्राविधिक पक्षमा सुधार ल्याउदै विद्यार्थिहरुको उच्च गुणस्तरयुक्त शिक्षामा जोड दिईने बताए ।

शुदुरपश्चिमाञ्चल विश्वविद्यालयले अनेक मोड पार गर्दे अहिलेको अवस्थामा पुगेको बताउदै प्रिन्सीपल बिष्टले पुराना कमिकमजोरीलाई सच्याउदै नयाँ ढङ्बाट अगाडी बढ्ने बताए ।

उनले विद्यार्थिहरुको सर्वाङ्गीण विकासका लागि विश्वविद्यालय सधै अग्रसर रहने बताएका छन् । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा नेविसंघ निकटका नागेश प्रसाद पन्तले विगतका वर्षहरुझै यस वर्ष पनि विश्वविद्यालमा दिपप्रज्वोलन गरिएको बताए ।

जिपप्रज्वोलनमा विश्वविद्यायलको विद्यार्थी कल्याण तथा हितशाखा प्रमूख हरि, अखिल क्रान्तिकारीका गंगादत्त भट्ट, कृष्ण सिङ्ग ऐर लगायतका संघ संगठन र विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।