प्रहरी अधिकृतलाई आर्थिक प्रलोभन देखाउने युवा यसरी पुगे प्रहरी खोरमा….

प्रहरी भन्छ-‘थप अनुसन्धान जारी छ’

सिरहा । आर्थिक रूपमा अनुचित प्रभाव पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी अधिकृतलाई काम मिलाइदिने भन्दै प्रभावमा पार्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सिरहा प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर न- पा-१० बस्ने बाबुलाल राय यादवका ३९ बर्षिय छोरा इन्द्रनारायण यादव रहेको खुल्न आएको छ।

यादवले प्रहरी कार्यालयको कक्षमा आएर कार्यालयका निमित्त प्रमुखसंग केही कुरा गर्नु छ, म काम गर्छु र तपाईंलाई पनि मिलाउछु भनी प्रहरी अधिकृतलाई आर्थिक रूपमा अनुचित प्रभाव पार्न खोज्दा प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

पक्राउ परेका यादवलाई प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताएका छन।