अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्षमा ईश्वर तिमिल्सिना

संघर्षबारे छलफलः आम मजदूरहरुलाई संगठित हुन आह्वान

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी निकटको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको काठमाडौंमा हालै सम्पन्न राष्ट्रिय भेलाबाट अध्यक्षमा पुनः ईश्वर तिमिल्सिना निर्वाचित भएका छन ।

क्रान्तिकारी ट्रेड युनियन महासंघको जेठ ३२ गते सम्पन्न बन्दसत्रबाट तिमिल्सेनाको नेतृत्वमा ३५ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको हो ।

भेलाबाट ३५ सदस्यीय कमिटी पाश भएपनि महासंघको पहिलो बैठकले ७ जना पछि थप गर्ने गरी केन्द्रीय समिति निर्माण गरेको बुुझिएको छ ।

महासंघको नवा निर्वाचित समितिको सदस्यहरुमा बालकुमार सुनुवार, सूर्य गिरी, विना बुढाथोकी, रंगवीर तामाङ, रमेश बोहोरा, संजय चौधरी, नरेन्द्र बञ्जाडे, राजु लामा, निशा राई, दिनेश थापा, रामकुमार दोङ, सुरेन्द्र राई, देवी गौली, उद्धव गुरुङ लगायत रहेका छन ।

त्यस्तै नव निर्वाचित कमिटीको सदस्यमा दिनेश बर्तौला, कुमार घतानी, ढोगप्रसाद अधिकारी, कर्णबहादुर पुन, अर्जुनलाल श्रेष्ठ, नन्दु झा, वालकृष्ण बुढाथोकी, मोहन पहाडी, कृष्ण कट्टेल, ठाकुर तिमिल्सिना, बद्री चापागाईं, भीम काफ्ले र राजु भुजेल लगायत रहेका छन् ।

महासंघको नव निर्वाचित कमिटीलाई क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका मजदूर आन्दोलनमा अग्रज नेता दिनेश शर्मा र क्रान्तिकारी माओवादीका नेता सीताराम तामाङले प्रशिक्षणत्मक शुभकामना दिएका थिए ।

महासंघले आगामि योजना तथा संघर्षका कार्यक्रमबारे वृहत छलफल चलाउँदै मुर्तरुप दिएको बताइएको छ ।

नव निर्वाचित कमिटीले आम मजदूरहरुको हक, हितका पक्षमा सशक्त आन्दोलनको पहलकदमि लिने नेताहरुले विश्वास व्यक्त गरेका छन ।

नेताहरुले विभिन्न समूहमा छरिएर रहेका शोषित पीडित मजदूरहरुलाई आफ्नो हक, अधिकारको सूनिश्चितताको लागि संगठित बन्दै क्रान्तिकारी योजनामा अघि बढ्न आह्वान समेत गरेका छन ।