सिरहामा लागुऔषधसहित तीन पक्राउ

थप अनुसन्धान जारी

सिरहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टीबाट तीन युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हिजो साँझ बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित सिरहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान गरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेललाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

भारतीय बजारतर्फबाट को३८प ३८९६ नंको स्कुटीमा सवार तीनै जनामाथि शङ्का लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनै जनालाई पक्राउ परेका थिए ।

आलुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस