पैसाको बार्गेनिङ्ग गर्दै अबैध सामान छाड्ने प्रहरी हवलदार पक्राउ

सार्वजानिक अपराधको मुद्दा चलाउने तयारी

लहान । भारतबाट अबैध रूपमा राजस्व छली ल्याएका सामानहरु सिरहा नगरपालिका ७ ट्राफिक चोकबाट पैसाको बार्गेनिङ गर्दे छाड्ने कुरा गरिरहेको अवस्थामा डयुटीमा खटिएका एक प्रहरी हवलदार सहित तिन जना पक्राउ परेका छन ।

डयुटीमा खटिएका प्रहरीले अबैध सामान छाड्ने विषयमा पैसाको बार्गेनिङ गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उक्त आरोपमा प्रहरी हवलदार अशोककुमार यादव सहित दुई जना अबैध कारोबारमा संलग्न व्यापारीहरु पक्राउ परेका छन् ।

प्रहरीले भारतीय बजार जयनगरबाट भन्सार छली गरी सामान ल्याइरहेका गोलबजार नगरपालिका ४ की रंजीता साह र विष्णपुर गाउँपालिका ३ का शिवशंकर साहलाई पक्राउ गरेको बुझिएको छ ।

ज१ज ४०२ नम्बरको म्याजिक गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा प्रहरी हबलदार यादवले साइकलका पार्ट्स भन्सार छलेर सामान ल्याएको भन्दै शिवशंकरसँग सय पचास रुपैयाँ दिए मात्रै सामान छाड्ने बार्गेनिङ गरिरहेको समयममा प्रहरीले पक्राउ गरेको थियो ।

साहले ३ हजार २ सय रुपैयाँ मुल्य बराबरको साइकलका पार्टस् भारतीय बजार जयनगरबाट म्याजिक गाडीमा ल्याइरहेको थिए ।

पक्राउ परेका तीनमध्ये सामानसहित रंजितालाई भन्सार कार्यालय माडरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डीएसपी अपिलराज बोहराले बताएका छ्न।

पक्राउ परेका प्रहरी हबल्दार यादवलाई आन्तरिक कारवाही अगाडी बढाइएको र गाडी चालक शिवशंकरलाई जिल्ला प्रशासन कार्यालयबाट पैसा लेनदेनमा बार्गेनिङ गरेको भन्दै सार्वजानिक अपराध मुद्दामा ४ दिनको म्याद थप गरी कारवाहीको प्रकृया अगाडि बढाएको डीएसपी बोहराले बताएका छन।