अवैधरूपमा भारततर्फ लैजाँदै गरेको मदिरा बरामद

सीमा क्षेत्रमा प्रहरीको सक्रियता

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका, ३ बाट प्रहरीले अवैधरूपमा भारततर्फ लैजाँदै गरेको ३०० बोतल मदिरा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय ठाडी इनर्वा र बिओपि इनर्वा ठाडीबाट खटिएको प्रहरीको टोलीले भगवानपुर गाउँपालिका–३ गैरसाहाबाट उक्त परिमाणको मदिरा बरामद गरेको हो ।

त्यहाँबाट १० कार्टुुनमा रहेको ३०० बोतल नुरी सोफिया मदिरा नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।

पछिल्लो चरणमा सीमा क्षेत्र आसपासमा प्रहरीको सक्रियता बढेको देखिन्छ । प्रहरीले लागु औषध, अबैद्य सामानहरु लगायत बरामद गरेका समाचारहरु पछिल्लो चरणमा आइरहेका छन ।