सरकारका उपसचिव नै छोरीमाथि जवरजस्ती करणीमाः कता जाँदैछ समाज !

अभियुक्त पक्राउः कानुन अनुसार सजाय हुने

काठमाडौँ । आफ्नै छोरीमाथि जवरजस्ती करणीको अभियोगमा ललितपुरको धोवीघाटबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव पक्राउ परेका छन् ।

उक्त विषयमा पीडित छोरी र श्रीमतीले प्रहरीमा उजुरी गरेपछि उनलाई सोमबार पक्राउ गरिएको हो । अभियोेग लागेका उपसचिवलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनले ‘बुबा–छोरी’ ले यस्तो सम्वन्ध राख्दा केही हुँदैन, पश्चिमी देशहरूमा यस्तो कुरा सामान्य हो भन्दैे कक्षा १२ मा अध्ययनरत आफ्नै १८ वर्षकी छोरीमाथि पटक–पटक करणी गरेको पीडितको उजिरीमा खुलाइएको प्रहरी बताउँछ ।

अभियुक्तमाथि मङ्गलवार जिल्ला अदालत ललितपुरमा जवरजस्ती करणी उद्योगमा मुद्दा समेत दर्ता भएको छ । उनलाई कानुन अनुसार सजाय हुने बताइएको छ ।

उनले सम्बनधको लागि छोरीलाई कहिले फकाउने, कहिले डरत्रास देखाउने गरेको बताइएको छ । महोत्तरी निवासी उनी धोवीघाटमा छोराछोरी, श्रीमतीसहित भाँडामा बस्दै आएका थिए ।

उक्त विषयमा मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले भने आरोपित उपसचिव भनिएका मानिस मन्त्रालय तथा मन्त्रालयअन्तर्गत कुनै पनि कार्यलयमा आवद्ध नरहेको स्पष्ट पारेका छन ।

तर आरोपितका साथबाट बरामद भएका कागजपत्रमा नेपाल सरकारको उपसचिव उल्लेख भएको पाइएको प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकले बताएका छन । ति काजपत्रहरु नक्कली वा सक्कली के हो अझै पुष्टि हुन भने सकेको छैन ।

प्रहरीले अभियुक्तमाथि थप अनुसन्धान गरिरहेको छ । उनको कागजपत्र र अन्य विषयहरुमा अनुसन्धान बढेको बुझिएको छ । उक्त घटनाको विषयमा सामाजिक सञ्जालमा ब्यापक विरोध भैरहेको देखिन्छ ।